२०८३ बैशाख १३

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बाेधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरिरहेकी छन्। उनका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार सम्बोधन केहीबेरमै सार्वजनिक हुने बताइएको छ।

गत २७ भदौमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी कार्की नेतृत्वको सरकारले विशेष राजनीतिक परिस्थितिमा काम गर्दै आएको थियो। जेनजी आन्दोलनपछि बनेको यस सरकारले समयमै निर्वाचन सम्पन्न गराउने मुख्य लक्ष्य बोकेको थियो, जुन अन्ततः पूरा भएको छ।

हालै सम्पन्न चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले करिब दुई तिहाइ नतिजा ल्याउँदै नयाँ सरकार गठनको तयारी गरिरहेको छ। अब रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बन्ने निश्चित भइसकेको छ।

यस्तो अवस्थामा, नयाँ सरकार गठन हुनुअघि प्रधानमन्त्री कार्कीको यो सम्बोधनलाई उनको कार्यकालको अन्तिम सन्देशका रूपमा पनि हेरिएको छ।