२०८३ बैशाख १३

जेन-जी प्रतिवेदनमाथि कांग्रेसको प्रश्न: २४ भदौको घटनामा मौनता किन ?

काठमाडौं । नेपाली कांग्रेसले जेन–जी आन्दोलनसम्बन्धी सार्वजनिक प्रतिवेदनप्रति असन्तुष्टि जनाएको छ। पार्टीका प्रवक्ता देवराज चालिसेले उक्त प्रतिवेदन प्रारम्भिक रूपमा हेर्दा पूर्ण नभएको टिप्पणी गरेका छन्।

सानेपास्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रतिवेदनले सबै पक्ष समेट्न नसकेको संकेत गरे। विशेषगरी २३ भदौको घटनालाई समेट्ने प्रयास गरिएको भए पनि त्यसपछिको २४ भदौको घटनाबारे पर्याप्त स्पष्टता नभएको उनको भनाइ थियो।

चालिसेका अनुसार प्रतिवेदनको गहिरो अध्ययन अझै बाँकी छ र पार्टीले यसलाई गम्भीर रूपमा विश्लेषण गर्ने तयारी गरिरहेको छ।

उनले प्रतिवेदनले उठाएका विषयहरूमा थप स्पष्टता आवश्यक रहेको पनि जोड दिए।