२०८३ बैशाख १५

नेप्से २६.१६ अंकले घट्यो, ६ अर्ब ५३ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज मंगलबार नेप्से २६.१६ अंकले घटेर २७७०. २६ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४९ कम्पनिका एक करोड ४० लाख १८ हजार ९२० कित्ता शेयर ६ अर्ब ५३  करोड १७ लाख २३ हजार २२६ मा कारोबार भएको थियो ।  आज अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी हिमालय बैंकको बोन्ड २०८६  ६ प्रतिशतले बढेको छ भने शाइन रेसुंगा डिभेन्चर ३.४० प्रतिशतले बढेको छ ।  त्यस्तै आज सबै भन्दा बढी कर्पोरेट विकास बैंकको शेयर १४.९९ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी पाल्पा सिमेन्टको ५८ करोड ३३ लाख र रिलायन्स स्पिनिग मिल्सको ३४ करोड ६८ लाख बराबरको कारोबार भएको छ ।