२०८३ बैशाख १५

सञ्चारमन्त्री खरेलको ओलीसँग भेटवार्ता

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

शुक्रबार भक्तपुरको गुण्डुस्थित निवासमा पुगेर सञ्चारमन्त्री खरेलले ओलीसँग भेटवार्ता गरेका हुन् ।  भेटमा आसन्न चुनाव र समसामयिक विषयमा छलफल भएको बताइएको छ ।    

मन्त्री खरेलले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेट गरेका थिए ।

त्यस्तै मन्त्री खरेलले आजै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट गर्दैछन् ।

निर्वाचनको मिति नजिकिँदै गएपनि दलहरूले चुनावी वातावरण नभएको भन्दै सक्रिय सहभागी नभएपछि सरकारले छलफल अगाडि बढाएर निरन्तर संवाद गरिरहेको छ ।