काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज मंगलबार नेप्से २६.१६ अंकले घटेर २७७०. २६ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३४९ कम्पनिका एक करोड ४० लाख १८ हजार ९२० कित्ता शेयर ६ अर्ब ५३ करोड १७ लाख २३ हजार २२६ मा कारोबार भएको थियो । आज अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी हिमालय बैंकको बोन्ड २०८६ ६ प्रतिशतले बढेको छ भने शाइन रेसुंगा डिभेन्चर ३.४० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कर्पोरेट विकास बैंकको शेयर १४.९९ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी पाल्पा सिमेन्टको ५८ करोड ३३ लाख र रिलायन्स स्पिनिग मिल्सको ३४ करोड ६८ लाख बराबरको कारोबार भएको छ ।




