२०८३ बैशाख २४

एभरेष्ट महिला भलिबल लिगको उद्घाटन खेलमा कर्णाली र पोखरा भिड्ने

काठमाडौँ । एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणको खेल तालिका सार्बजनिक गरिएको छ ।

भदौ २० गतेदेखि २८ गतेसम्म संचालन हुने भलिबल लिगमा मधेश युनाईटेड, ललितपुर क्विन्स, काठमाडौं स्पाईकर्स, पोखरा निन्जाज, कर्णाली यशविस र लुम्बिनी लाभा गरि ६ फ्रेन्चाइजीले प्रतिष्पर्धा गर्दैछन् ।

प्रतियोगिताको उद्घाटन खेल भदौ २० गते शुक्रबार कर्णाली यशविस र पोखरा निन्जाजबीच हुने भएको छ । त्यस्तै प्रतियोगिताको फाइनल खेल भदौ २८ गते हुने आयोजकले जानकारी दिएको छ ।

गतबर्ष भएको एभरेष्ट महिला भलिबल लिगको पहिलो संस्करण कर्णाली यशविसले जितेको थियो । कर्णालीले फाइनलमा ललितपुर क्विन्सलाई पराजित गरेर पहिलो उपाधि जितेको थियो । 

Read More

रुपन्देही-३ को उम्मेदवार छान्न राप्रपाले पनि प्रारम्भिक निर्वाचन गर्ने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही- ३ मा हुने उपनिर्वाचनका आन्तरिक प्रारम्भिक निर्वाचन मार्फत उम्मेदवार छान्ने भएको छ ।

मंगलबार बसेको राप्रपाको संसदीय समितिको बैठकले उपनिर्वाचनको उम्मेदवार आन्तरिक प्रारम्भिक निर्वाचन मार्फत छान्ने निर्णय गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

बैठकले रुपन्देही-३ मा हुन गइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनका सन्दर्भमा राप्रपा नवीन कार्ययोजनाको मोडल अनुसार यसपटक पार्टीले नवीन अभ्यासको रुपमा प्रारम्भिक निर्वाचन प्रणाली अबलम्बन गर्ने निर्णय गरेको श्रेष्ठले बताए । 

बैठकले आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि उमेदवार छनौट गर्न रुपन्देही जिल्ला कार्यसमितिबाट सिफारिश भइआएका आकांक्षी उमेदवारहरु मध्येबाट प्रजातान्त्रिक ढंगबाट उमेदवार छनौट गर्न तपसिल बमोजिमका मतदाताहरुबाट आन्तरिक प्रारम्भिक निर्वाचन गराइ उच्चतम मत प्राप्त गर्ने आकांक्षी उमेदवारलाई उक्त उपनिर्वाचनको उमेदवार छनौट गर्ने निर्णय गरेको छ । आन्तरिक प्रारम्भिक निर्वाचन यथाशिघ्र गरिने र सो को आवश्यक प्रबन्ध रुपन्देही उपनिर्वाचन परिचालन समितिले गर्ने भएको छ ।

राप्रपाले आन्तरिक प्रारम्भिक निर्वाचनका मतदातामा रुपन्देही-३ को प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, रुपन्देही-३ अन्तर्गतका प्रदेशसभा (क) र (ख) कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, रुपन्देही-३ अन्तर्गतका सबै उपमहानगर, नगर, गाऊॅपालिका र वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, रुपन्देही-३ बाट प्रतिनिधित्व गर्ने प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, रुपन्देही-३ बाट प्रतिनिधित्व गर्ने जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, रुपन्देही-३ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीहरु, भदौ १७ गतेसम्म कायम रहेका रुपन्देही-३ भित्रका केन्द्रदेखि जिल्ला तहसम्मका भातृ संगठनका पदाधिकारी तथा सदस्यहरु र भदौ १७ सम्ममा सक्रिय सदस्य भइसकेका रुपन्देही-३ अन्तर्गतका सक्रिय सदस्यहरु रहने राप्रपाले निर्णय गरेको छ ।

Read More

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । 

एमाले प्रचार विभागप्रमुख राजेन्द्र गौतमका अनुसार एमालेको सचिवालय बैठक भदौ १९ गते दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाइएको हो । 

बैठकमा भदौ २० देखि २२ सम्म ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनबारे छलफल हुने एजेण्डा रहेको छ । बैठकमा विधान अधिवेसनमा पेश हुने अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ । यी प्रतिवेदनलाई सचिवालयले पारित गरेर विधान महाधिवेशनमा पेश गरिने बताइएको छ । 

हाल चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली बुधबार फर्किने कार्यसूची रहेको छ । यस अघि विधान अधिवेसन बारे छलफल गर्न केन्द्रीय कमिटीको बैठक बोलाइएको भएपनि अध्यक्ष ओलीको चीन भ्रमणका कारण समय अभाव भएपछि स्थगित गरिएको थियो ।

Read More

जनार्दनलाई अनुशासनमा बस्न वर्षमानको सुझाब, गरे रविबारे यस्तो टिप्पणी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले जनार्दन शर्मालाई आफ्ना असन्तुष्टि वा फरक मत पार्टीभित्रै राख्न सुझाव दिएका छन् । आज (मंगलबार) रोल्पामा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले बाहिरभन्दा बोल्नेभन्दा पनि असन्तुष्टि र फरक मत पार्टीभित्र राख्न सुझाव दिएका हुन् ।

‘आफ्नो मतलाई पार्टीको आधिकारिक निर्णय बनाउन मिल्छ । तर, पार्टीको न्यूनतम् नम्स भनेको पार्टीभित्रै कुरा राखौँ न भन्ने हो । त्यस कुरामा जनार्दनजीको कुरा मात्र होइन, सबै नेता–कार्यकर्ता पार्टी अनुशासनमा बसौं,’– उनले भने ।

उनले पार्टीका आन्तरिक द्वन्द्वलाई आश्चर्यको विषय बनाउनुभन्दा पनि स्वाभाविक रूपमा छलफल र बहस हुनुपर्ने बताए । साथै, उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारले धेरै खेदेको टिप्पणी गरे । एउटै मुद्दामा फरक–फरक निर्णय हुनु न्यायसंगत नहुने उनको भनाइ छ । ‘रवि लामिछानेजस्तै केसमा सबैलाई पुर्पक्षमा राख्ने हो भने ठिक छ । तर, एउटै केसमा फरक निर्णय गर्नु न्यायसंगत हुँदैन,’– उनले भने ।

अरूलाई धरौटी, तारेखमा राखेर छानबिन गर्न सकिँदा लामिछानेलाई पनि त्यसै गर्नुपर्ने उनको धारणा रहेको थियो । सरकारमा रहेका दलहरूको अविवेकी र पक्षपातपूर्ण निर्णयले मान्छेमा झन वितृष्णा पैदा भइरहेको उनको भनाइ छ । ‘कांग्रेस–एमालेका साथीहरूसँग हाम्रो गुनासो– त्यस्तै केसमा सबैलाई त्यस्तै व्यवहार गर्नुस् न,’– उनले भने ।

Read More

मनाङको प्रदेश सभा उपनिर्वाचनको निर्वाचन तालिका सार्बजनिक

काठमाडौँ । निर्वाचन आयोगले कार्तिक १७ गते हुने मनाङको प्रदेश सभा सदस्यको उपनिर्वाचनको निर्वाचन तालिका सार्बजनिक गरेको छ ।

आयोगले मनाङको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा भदौ १९ देखि २५ सम्म दल दर्ताको आव्हान गरिसकेको छ ।

आयोगले उपनिर्वाचनको उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुने तालिका रहेको छ ।

त्यस्तै उल्लिखित सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ भने सोही दिनको दिउँसो ३ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी असोज २३ गते बेलुका ५ बजेदेखि ७ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गर्ने आयोगले जानकारी दिएको छ ।

त्यसपछि असोज २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ । निर्वाचन कार्यक्रम अनुसार आगामी कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने आयोगले जानएको छ ।

त्यस्तै आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार हुन नपाउने कानूनी व्यवस्था रहेको समेत जानकारी गराएको छ ।

Read More

प्रधानमन्त्री ओली र चीनका उपराष्टपति चङबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र  चीनका उपराष्टपति हान चङबीच आज बेइजिङको सरकारी अतिथि गृह देउथाइ स्टेट गेस्ट हाउसमा दुई पक्षीय भेटवार्ता भएको छ ।

भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्धका विविध पक्षहरुमा कुराकानी भएको थियो । भेटमा पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत सहभागी थिए ।

तियानजिनमा शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधिमण्डल रेलमार्गबाट आजै बेइजिङ पुगेको थियो । 

प्रधानमन्त्री ओलीले बुधबार बेइजिङमा आयोजना हुने फासिवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमण बिरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औं वार्षिकोत्सव समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली बुधबार नै नेपाल फर्किने कार्यतालिका रहेको छ । 

Read More

संघीय निजामती सेवा विधेयकको प्रतिवेदन राष्ट्रिय सभामा पेश

काठमाडौँ । संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेस भएको छ ।

मंगलबार बसेको बैठकले समितिकी सभापति तुलसी कुमारी दाहालले समितिले पारित गरेको विधेयकको प्रतिवेदन पेश गरेकी हुन् । प्रतिनिधि सभाबाट साउन ६ गते पारित भएर राष्ट्रिय सभामा आएको यस विधेयकमा रहेको कुलीङ पिरियडमा भएको हेरफेरलाई समितिले सच्याएर २ बर्ष कायम गरेको छ ।

सभापति दाहालले यस विधेयकमा ४३ सांसदहरुले १९३ बुँदामा संसोधन प्रस्ताव दर्ता गराएको जानकारी दिएकी छन् । १४७ दफामा रहेको यस विधेयकलाई समितिले प्रस्तावनासहित ९८ दफामा संशोधन र एक दफा र एक अनुशुची थप गरेर परिमार्जन गरेको सभापति दाहालले जानकारी दिएकी छन् ।

Read More

शनिबार रातिदेखि अवरुद्ध रहेको कालिकोटको गगने खोलास्थित सडक सुचारु

सुर्खेत । शनिबार रातिदेखि अवरुद्ध रहेको कालिकोटको गगने खोलाको पहिरो हटाएर सडक सुचारु भएको छ ।

सडक डिभिजन कार्यलय जुम्लाका अनुसार मंगलबार दिउसोबाट सडक सुचारु भएको हो । सडकमा ठुलो ढुंगा खसेका कारण हटाउन समय लागेको थियो । सडक अवरुद्ध हुदा करोडौंको स्याउ बोकेका ट्रकसमेत रोकिन पुग्दा स्याउ कुहिनसक्ने चिन्ता बढेको थियो । 

सडक डिभिजनले जिल्ला प्रशासन कार्यालय कालिकोट, नेपाली सेना, नेपाल प्रहरीलगायतको सहयोगमा सडक सुचारु भएको जानकारी दिएको छ ।

Read More

विश्वासको मतसम्बन्धी रिटको फैसला पूर्ण इजलासले गर्ने

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिएकोसम्बन्धी रिट पूर्ण इजलासमा पठाएको छ ।

न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासले मुद्दामा विपक्षीको लिखित जवाफ पेस भएलगत्तै अन्तिम सुनुवाइका लागि पूर्ण इजलासमा पठाएको हो । 

हालसम्म लिखित जवाफ दर्ता नभएको र मुद्दामा अन्तरिम आदेश जारी गर्नुभन्दा अन्तिम किनारा गर्नुपर्ने देखिएको उल्लेख गर्दै सर्वोच्चले फैसलाको सुनुवाइका लागि पूर्ण इजलासमा पठाएको हो । 

यसअघि सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश गर्दै लिखित जवाफ माग गरेको थियो । दोस्रो सुनुवाइमा न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासले तीन वटा फाइल मगाउँदै मंगलबारका लागि पेसी तोकेको थियो । 

इजलासले नागरिक उन्मुक्ति पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको भनी संसद् सचिवालयमा पठाएको पत्र र पुनः समर्थन गरेको पत्र झिकाउन आदेश गरेको थियो । 

यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट सरकारमा सहभागी मन्त्री अरुणकुमार चौधरीले राजीनामा दिएको आधिकारिक पत्र झिकाउन अदालतले आदेश गरेको थियो । यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले चार प्रश्न उठाउँदै लिखित जवाफ मागेको थियो ।

Read More

अफगानिस्तानमा भूकम्पबाट मृत्यु हुनेको संख्या १४ सय नाघ्यो

काठमाडौँ । अफगानिस्तानमा आइतबार राति आएको ६ रेक्टर स्केलको भूकम्पबाट मृत्यु हुनेको संख्या १४ सय नाघेको छ । अफगानिस्तान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अहिलेसम्म १४११ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।

मुजाहिदका अनुसार भूकम्पको असर कुनार प्रान्तको नुरगल, सोका, जबा दरह, बिश दरह, ताबोर र असदाबाद क्षेत्रमा धेरै रहेको छ । भूकम्पबाट अहिलेसम्म ३ हजार १२४ जना घाइते भएका छन् भने ५ हजार ४१२ घर भत्किएको उनले जानकारी दिएका छन् ।

भूकम्पपछि अफगानिस्तानको तालिबान सरकारले विश्वभरबाट सहयोग मागेको छ । रोयटर्ससँग कुरा गर्दै तालिबान स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमानले भने- ‘हामीलाई सहयोग चाहिन्छ । भूकम्पका कारण धेरै मानिसहरूले ज्यान गुमाएका छन्, धेरै घरहरू ध्वस्त भएका छन् । यो विनाशले अफगानिस्तानको समस्यालाई अझ बढाएको छ । यहाँ पहिले नै विदेशी सहायता उपलब्ध छैन, जसका कारण देशमा आर्थिक संकट झन् बढेको छ ।’

यसैबीच भारतले सहयोगको लागि काबुलमा १००० पाल पठाएको छ भने काबुलबाट कुनारमा १५ टन खाद्यान्न पठाइएको विदेश मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै विश्वका कैयौं देशले अफगानिस्तानलाई सहयोगको हात अगाडी बढाएका छन् । 

२०२१ मा तालिबान सरकार गठन भएपछि, अन्तर्राष्ट्रिय संस्थाहरूले अफगानिस्तानमा मानवीय सहायता रोकेका थिए ।

Read More