२०८३ बैशाख १३

सुनको मुल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ   ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको ७ सयले बढेर तोलाको २ लाख ५२ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबर सुन तोलाको २ लाख ५२ हजार २ सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले घटेर ३५८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ३६०५ मा कारोबार भएको थियो ।

Read More

थाइल्याण्ड र कम्बोडियाबीच फेरी तनाव, एकअर्काविरुद्ध आक्रमण

काठमाडौँ । थाइल्याण्डले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा हवाई आक्रमण सुरु गरेको छ । दुबै देशहरूले एकअर्कालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यस्थता गरेको युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाएपछि थाइल्याण्डले यो कारबाही गरिएको जनाएको हो ।

थाई सेनाले पूर्वी प्रान्त उबोन रत्चाथानीका दुई क्षेत्रमा ताजा झडपमा एक थाई सैनिकको मृत्यु भएको छ र अन्य चार जना घाइते भएका छन् । थाई सेनाले कम्बोडियाबाट आफ्ना सेनाहरू गोलीबारी भएको र त्यसपछि यसले धेरै सैन्य अड्डाहरूविरुद्ध हवाई आक्रमण गरेको बताएको छ ।

यसैबीच, कम्बोडियाली रक्षा मन्त्रालयले थाई सेनाले आज बिहान आफ्ना दुई सैन्य अड्डाहरूमा आक्रमण गरेको बताएको छ । मन्त्रालयले थाई सेनाले धेरै दिनदेखि उत्तेजक गतिविधिहरू गरिरहेको र कम्बोडियन सेनाले प्रतिकार नगरेको बताएको छ ।

जुलाईमा दुई देशहरू बीच तनाव उत्पन्न भएको थियो, जसमा पाँच दिनको द्वन्द्व भयो । मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिम र ट्रम्पले मध्यस्थता गरेपछि युद्धविराम भएको थियो । अक्टोबरमा, दुई देशहरूले क्वालालम्पुरमा विस्तारित शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । जुलाईको द्वन्द्वमा ४८ जनाको मृत्यु भयो र लगभग ३ लाख अस्थायी रूपमा विस्थापित भएका थिए । 

गत महिना, बारुदी सुरुङ विस्फोटमा एक थाई सैनिक घाइते भएका थिए । यसपछि, थाई सरकारले कम्बोडियासँगको युद्धविराम सम्झौता स्थगित गर्यो । थाई सेनाले चार सीमावर्ती जिल्लाहरूबाट ३ लाख ८५ हजारभन्दा बढी नागरिकहरूलाई खाली गरिएको छ, र ३५ हजार भन्दा बढीलाई अस्थायी शिविरहरूमा स्थानान्तरण गरिएको छ ।

थाईल्याण्ड र कम्बोडिया बीचको ८१७ किलोमिटर लामो भूमि सीमा एक शताब्दी भन्दा बढी समयदेखि विवादको रूपमा रहेको छ । यस सीमाका केही भागहरूमा सार्वभौमिकता विवादित छ । यो सीमा पहिलो पटक १९०७ मा फ्रान्सले नक्साङ्कन गरेको थियो, जब यसले कम्बोडियामा शासन गर्थ्यो । त्यसबेलादेखि तनाव धेरै पटक भड्किएको छ । २०११ मा एक हप्ता लामो बन्दुक युद्ध भयो । यद्यपि, दुवै देशहरूले शान्तिपूर्ण रूपमा विवाद समाधान गर्ने प्रयास गरिरहेका छन् ।

Read More

जेनजी आन्दोलनमा बनेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ को निर्देशनमा डेभ्यु फिल्म ‘झरीपछिको इन्द्रेणी’ को ट्रेलर सार्वजनिक गरिएको छ । 

आइतबार सार्बजनिक ट्रेलरमा भ्रष्टाचार र बेथितीविरुद्ध एक जेनजी युवाले काठमाडौंको माइतीघर मण्डलाबाट थालेको आन्दोलनको कथावस्तुमा फिल्म आधारित रहेको संकेत गरेको छ । विदेश गएर उच्च शिक्षा अध्ययन गर्ने युवाको सपना पूर नहुँदा उसले कसरी भ्रष्टाचार र बेथितीविरुद्ध आन्दोलन गर्छ भन्ने कथामा फिल्म बनेको अनुमान गर्न सकिन्छ । 

नागराज इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मबाट अभिनेता गणेश उप्रेती करिब ९ वर्षपछि कमब्याक गरेका छन् । फिल्ममा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे, प्रियना आचार्य, अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राई लगायतको अभिनय रहेको छ ।

आगामी पौष ४ गते प्रदर्शनमा आउन लागेको यो फिल्मबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गरेका छन् भने बाल कलाकारमा दिप्सन चिलवाल छन् ।

निर्देशक घिमिरे स्वयंको कथा रहेको फिल्मको पटकथा र संवाद गणेश कार्की र विशाल घिमिरेले मिलेर लेखेका हुन् ।

Read More

भाइरल जुत्तादेखि कुकुरको टाउकोसम्म १०७ चुनाव चिह्न, ११४ दल, अनि राजनीति ?

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनाव चिह्न प्रदान गरेको छ ।

आयोगमा १२० राजनीतिक दलले प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन आवेदन दिएका थिए । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १०२ राजनीतिक दललाई एकल रुपमा चुनाव चिह्न प्रदान गरिएको छ ।

१२ राजनीतिक दलले संयुक्त रुपमा निर्वाचनमा सहभागी हुने भनी आवेदन दिएकाले संयुक्त चुनाव चिह्न प्रदान गरिएको हो । यस आधारमा आयोगले कूल १०७ वटा चुनाव चिह्न प्रदान गरिएको जनाएको छ । आयोगमा कूल १४३ राजनीतिक दल दर्ता कायम भएका छन् । निर्वाचनमा भाग लिने दलको सङ्ख्या ११४ छ । निर्वाचनका लागि १०७ चुनाव चिह्न प्रयोग हुनेछन् ।

आयोगले प्रदान गरेका चिह्नहरुमा पहिलो नम्बरमा सूर्य, दोस्रोमा रुख, तेस्रोमा तारा, चौथोमा घण्टी चुनाव चिह्न रहेका छन् । हलो, ढल्केको छाता, लाउड स्पिकर, पिँध भएको सादा ढकिया, साइकल, मादल, गिलास, लौरो, खुलेको एकल आँखा, जरायो, दुई हात जोडेको नमस्कार निर्वाचन चिह्नका रुपमा प्रयोग हुनेछन् ।

त्यसैगरी कुखुराको भाले, जग, पञ्जा छाप, इनार, डोको, हसियाँ र तारा, कमलको फूल, माथिपट्टी फर्केको धनुष, गितार, घर, हसिँया, मोटरसाइकल, साँचो, दायाँ हातले समातेको मसाल, कछुवा, चङ्गा, बाँसुरी, गैँती, दापसहितको खुकुरी पनि निर्वाचन चिह्नका रुपमा प्रयोग हुनेछन् ।

आयोगका अनुसार, तुलसी मठ, गाग्री, ब्याट्री, मान्छेको काँधमा बोकिरहेको ढुङ्गा, ढाका टोपी, पुतली, सुगा, हथौडा, गोलाकार भित्र शंख, बज्र, हात्ती, उडिरहेको माहुरी, पुरुष, काखमा बच्चा लिएको आमा, चुच्चोले चिट्ठी बोकेर उड्न लागेको परेवा, अँजुलीमा रहेको माटो, बाली बोकेका महिलाको आकृति, कोदालो बोकेका किसान, त्रिशुुल, घोडा, गोलो घेराभित्र दुई पात भएको गुलाफलको फूल, लोककला कोरिएको गाग्रोमा आँपको कलश र त्यसमाथि नरिवल, कम्प्युटर किबोर्ड, गाडा निलो कलरको गोलाकारभित्र २४ किलाको चक्र, हात मिलाएको, चापाकल पनि निर्र्वाचन चिन्हका रुपमा प्रयोग हुनेछन् ।

बलिरहेको बिजुलीको चिम, सिट्ठी, प्रेम, ओदान, तीर, ट्रयाक्टर, रेडियो, रथ, तीन ढुङ्गे अधिनो, ढुङ्गे धारा, गदा, भेडा, चश्मा, बलिरहेको दियो, बस, स्कुटर, पाँचमुखे रुद्राक्षको दाना निर्वाचन चिह्नका रुपमा प्रयोग हुनेछ । दुई वटा पैतला छाप, करुवा, षटकोण, सुकुन्दा, पुल, चकिया, माटोबाट उम्रिएको तीन पात भएको बिरुवा, गोलो घेराभित्र पानीको बोत्तल, बुल्डोजर, लुगा सिउने कल, हात मिलाएको महिला र पुरुष, परेवा, तराजु, खरायो, सेतो र कालो रंगको जुत्ता, खुला किताब, खुलेको ताला, आवाज सुनिरहेको कान, श्रीवत्स समृद्धिको प्रतीक, गोलाकारभित्र बुढी औँला उठाएको लाइक, कोदालो, मकैका बाला, दुई औँला खुलेको औँला बन्द भएको हातको आकृति, जगर भएको सिंह, डुङ्गा र भैँसी पनि निर्वाचन चिह्न रहेका छन् ।

Read More

लगानी अर्बमा, हिसाब शून्य: सार्वजनिक संस्थानमा ४७ अर्ब गायब

काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब ४७ अर्ब रुपैयाँ सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ ।

अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ऋण तथा शेयर लगानीको विवरण संस्थानका बहीखाताले लामो समयदेखि पुष्टि गर्न सकिरहेको छैन । राज्यको लगानी कता गयो भन्ने सम्बन्धमा दुई पक्षका कागज मिल्दैनन्, रकम कसरी तलमाथि भयो भन्ने जवाफ भेटिँदैन ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार संस्थानहरूले देखाएको शेयर र ऋणको हिसाब सरकारको रकमभन्दा ४६ अर्ब ८७ करोड रुपैयाँले फरक छ। सरकारले “यति लगानी गरियो” भन्छ, संस्थानहरू “हामीले त यति मात्र पायौँ” भन्दै आफ्नो बचाउ गर्छन्। दशकौँदेखि चल्दै आएको यो हिसाबी गडबडीको कुनै स्पष्ट उत्तर भने छैन।

जलविद्युत्, विमानस्थल, दूरसञ्चार, खानेपानी-यस्ता ठूला परियोजनामा सरकारले सार्वजनिक संस्थानमार्फत ऋण र शेयर लगानी गर्दै आएको छ। तर संस्थानहरूको कमजोर लेखाजोखा प्रणाली, एकीकृत मापदण्डको अभाव, मनलाग्दी निर्णय र राजनीतिक हस्तक्षेपका कारण सरकारले कहाँ, कति, कसरी लगानी गर्‍यो भन्ने यथार्थ खुदै हराएको छ।

समस्या यत्तिमै सीमित छैन।
नेपाल विद्युत् प्राधिकरणको ग्रामीण विद्युतीकरणदेखि नागरिक उड्डयन प्राधिकरणमा पुरानो सम्पत्ति मूल्यांकनसम्म-कुञ्जी परियोजनामा लगानीको आधार, रकमको स्रोत, ऋण र अनुदान छुट्याउने अभिलेख-कहीँ पनि मिल्दैन। मन्त्रिपरिषद्ले पटक–पटक गरेको निर्णयको पालनामा ढिलाइ, भुक्तानी तालिका परिमार्जनका अनियमित माग, र “पहिले खर्च गर्ने, पछि हिसाब मिलाउने” प्रवृत्तिले समस्या थपिएको देखिन्छ।

खासगरी काठमाडौँ उपत्यकाको खानेपानी परियोजनामा त हिसाब यति ‘गुजुम गुजुम’ छ कि-ऋण को लियो, अनुदान कोलाई आयो, खर्च कसले गर्‍यो, जिम्मेवारी कसको-आफैँमा संस्थानहरूले पनि खुलाउन सकिरहेका छैनन्। ऋण व्यवस्थापन कार्यालयले “हामीले बारम्बार ताकेता गर्‍यौँ” भन्छ, तर संस्थानहरूले नियमित लेखापरीक्षणसमेत गराएका छैनन्।

कसरी ?
२०७८/७९ यतादेखि अहिलेसम्म धेरै संस्थानले एकपटक पनि अन्तिम लेखापरीक्षण गराएका छैनन्। लाखौँको होइन-करोडौँ-अर्बौँको सार्वजनिक लगानी कागजमै हराउने र त्यसका बक्यौता राजस्व नसमेटिने अवस्था देशकै वित्तीय अनुशासनका लागि गम्भीर खतरा बनेको छ।

यसैबीच सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ‘नेपाल सरकारको शेयर तथा ऋण लगानीको वार्षिक प्रतिवेदन–आर्थिक वर्ष २०८१/८२’ सार्वजनिक गर्दै १५९ संस्थानमा जम्मा ९ खर्ब ३० अर्बभन्दा बढी लगानी रहेको जनाएको छ। तर प्रतिफल ? भाका नाघेको सावाँ-ब्याज मात्रै ४ खर्ब ८ अर्ब रूपैयाँ पुगेको छ। जसको भुक्तानी नगर्दा राज्यको ऋण दायित्व झन् बढिरहेको छ।

सार्वजनिक संस्थानमा पारदर्शिता, वित्तीय उत्तरदायित्व र लेखापरीक्षणको अभावले अहिले सरकारको अर्बौँ लगानी ‘कागजी जंगल’मा हराएको छ। कसले हिसाब बिगार्‍यो, कसले ढिलाइ गर्‍यो, कसले दायित्व तोड्यो ? अहिलेसम्म न सरकार स्पष्ट छ, न संस्थागत । तर यत्ति मात्र स्पष्ट छ कि ४७ अर्ब बराबरको लगानी “अदृश्य” भएपछि राज्यको वित्तीय अनुशासन गम्भीर संकटमा परेको छ।

Read More

इन्डिगोले फिर्ता गर्यो यात्रुको ६१० करोड

काठमाडौँ । भारतको सबैभन्दा ठूलो एयरलाइन्स इन्डिगोले सरकारको निर्देशन बमोजिम टिकट बुकिंगको ६१० करोड फिर्ता गरेको जनाएको छ । इन्डिगोले उडान भएका यात्रुको रकम फिर्ता गर्ने प्रक्रिया शुरु गरेको र ६१० भारु फिर्ता प्रक्रिया गरेको जनाएको छ  । साथै ३,००० यात्रुहरूको सामान फिर्ता गरेको छ ।

एयरलाइन्सले आइतबार मात्र ६५० भन्दा बढी उडानहरू रद्द गरेको थियो । कम्पनीले आफ्नो दैनिक २३०० उडानहरू मध्ये १६५० सञ्चालन गरिरहेको दाबी गरेको छ ।

इन्डिगोका सीईओ पिटर एल्बर्सले स्थिति दैनिक सुधार हुँदै गएको र डिसेम्बर १० सम्ममा नेटवर्क स्थिर हुने अपेक्षा गरिएको जानकारी दिएका छन् । पहिले, कम्पनीले डिसेम्बर १० देखि १५ सम्म सामान्य अवस्थामा आउने बताएको थियो ।

एक दिन अघि मात्र, सरकारले आइतबार राति ८ बजेसम्म फिर्ता रकम पूरा गर्न र हराएको सामान ४८ घण्टा भित्र यात्रुहरूलाई फिर्ता गर्न निर्देशन दिएको थियो ।

महानिर्देशनालयले नोभेम्बर १ देखि लागू हुने पाइलटहरू र अन्य चालक दलका सदस्यहरूको लागि काम नियमहरू संशोधन गरेको थियो । यसलाई उडान ड्युटी समय सीमा भनिन्छ । यो दुई चरणमा लागू गरिएको थियो । पहिलो चरण जुलाई १ मा लागू भएको थियो । दोस्रो चरण नोभेम्बर १ मा लागू भयो । 

नयाँ मापदण्ड अनुसार, पाइलटहरूले दिनमा अधिकतम १० घण्टा र रातमा अधिकतम ८ घण्टा उडान गर्न सक्छन् । दुई पाइलटहरूको हकमा, कुल कर्तव्य १३ घण्टासम्म बढ्न सक्छ, तर त्यसपछि अनिवार्य आराम आवश्यक पर्दछ । साप्ताहिक उडान सीमा १०० देखि १२५ घण्टामा सेट गरिएको छ र वार्षिक उडान सीमा एक हजार घण्टा भन्दा बढी हुन सक्दैन । लगातार दुई रात्रि शिफ्टहरू मात्र अनुमति दिइन्छ र प्रति हप्ता दुई भन्दा बढी रात्रि अवतरण गर्न सकिँदैन । यी नियमहरूको उल्लङ्घनले एयरलाइन्सहरूलाई एक करोड सम्म जरिवाना गर्न सक्छ ।

इन्डिगोको भारतीय उड्डयन बजारमा ६०-६५ प्रतिशत हिस्सा छ र दैनिक लगभग २३०० उडानहरू सञ्चालन गर्दछ । यस विशाल सञ्चालनमा कुनै पनि सानो अवरोधको तत्काल, व्यापक प्रभाव पर्दछ । इन्डिगोमा ५४५६ पाइलट, १० हजार २१२ क्याबिन क्रू र कुल ४१ हजार भन्दा बढी कर्मचारीहरू छन्, तर यो संख्या नयाँ नियमहरू पूरा गर्न अपर्याप्त साबित भयो । यसको विपरीत, अन्य एयरलाइन्सहरूसँग कम उडानहरू र अपेक्षाकृत ठूलो कर्मचारीहरू छन्, त्यसैले तिनीहरू नयाँ तालिकामा छिट्टै अनुकूलन गर्न सक्षम भए । विज्ञहरूले इन्डिगोसँग पनि पर्याप्त समय भए पनि, यसले राम्रोसँग कार्यान्वयन नगरेको बताउछन् । इन्डिगोले यो बजारमा एक प्रमुख खेलाडी भएकोले सरकारमाथि दबाब बढाउन यस्तो गरेको विश्लेषण गरिएको छ ।

इन्डिगोको संकटपछि दबाबमा आएको सरकारले इन्डिगोलाई फेब्रुअरी १०, २०२६ सम्म अस्थायी राहत प्रदान गर्दै नयाँ मापदण्डको दोस्रो चरण लागु गर्न समय दिएको छ ।

Read More

गाजामा युद्धविरामको दोस्रो चरणमा छिट्टै प्रवेश गर्छौं- नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायल र हमास चाँडै युद्धविरामको दोस्रो चरणमा प्रवेश गर्ने बताएका छन् । यो चरण हमासले गाजामा बाँकी रहेका अन्तिम इजरायली बन्धक रान ग्विलीको शव फिर्ता गरेपछि सुरु हुनेछ ।

नेतान्याहूले जर्मन चान्सलर फ्रेडरिक मेर्जसँगको पत्रकार सम्मेलनमा दोस्रो चरण महिनाको अन्त्यसम्ममा सुरु हुन सक्ने बताएका छन् । यो युद्धविराम प्रक्रिया अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २०-बुँदे योजना अन्तर्गत चलिरहेको छ । अक्टोबर ७, २०२३ मा भएको आक्रमणमा मारिएका २४ वर्षीय प्रहरी अधिकारी ग्विलीको शव फिर्ता भएपछि र इजरायलले बदलामा १५ प्यालेस्टिनी शव फिर्ता गरेपछि पहिलो चरण पूरा हुनेछ ।

दोस्रो चरणमा गाजामा अन्तर्राष्ट्रिय सुरक्षा बलको तैनाथी र अन्तर्राष्ट्रिय बोर्डद्वारा निरीक्षण गरिएको दैनिक प्रशासनको लागि अस्थायी प्यालेस्टिनी सरकारको गठन समावेश छ । फ्रेडरिक मर्जले जर्मनीले यस योजनाको कार्यान्वयनमा सहयोग गरिरहेको, अमेरिकी नेतृत्वको समन्वय केन्द्रमा अधिकारीहरू पठाउँदै र गाजामा मानवीय सहायता प्रदान गरिरहेको बताए । उनले इजरायलको अस्तित्व र सुरक्षाप्रति जर्मनीको अटल प्रतिबद्धता दोहोर्‍याए ।

हमासले भग्नावशेषमुनि गाडिएका शवहरूमा पहुँचको अभावका कारण ढिलाइ भएको दाबी गरेको छ, जबकि इजरायलले यसलाई ढिलाइको रूपमा खारेज गरेको छ र चेतावनी दिएको छ कि यदि सबै अवशेषहरू फिर्ता नगरिएमा सैन्य कारबाही पुनः सुरु गर्न सकिन्छ वा मानवीय सहायता निलम्बन गर्न सकिन्छ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धविरामको तेस्रो चरण गाजाको कट्टरपन्थीकरण हुने बताए । यसैबीच, गाजा स्वास्थ्य मन्त्रालयले युद्धविराम लागू भएपछि पनि इजरायली कारबाहीमा ३७० भन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भएको दाबी गरेको छ ।

Read More

रिलायन्स स्पिनिङ मिल्सको वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपिओ खुला

काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले विदेशी नेपाली कर्मचारीहरूलाई प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) जारी गरेको छ । विदेशमा बस्ने नेपाली आप्रवासीहरूको लागि आईपीओ भर्ने अवधि मङ्सिर २२ देखि कम्तिमा मङ्सिर २५ सम्म र बढीमा पुस ७ सम्म लम्ब्याउन सकिने छ ।

कम्पनीले १० माघ देखि १४ माघ, २०८० सम्म बुक-बिल्डिङ प्रक्रिया मार्फत आफ्नो प्राथमिक शेयर योग्य संस्थागत लगानीकर्ताहरूलाई जारी गरेको थियो । बाँडफाँड, जुन १५ माघमा भएको थियो ।

रिलायन्स स्पिनिङ मिल्सले आफ्नो जारी पूँजी १.९० अर्बको १०.१४ प्रतिशत अर्थात् कुल १९,२६,६०० शेयर जारी गर्ने भएको छ । जसमध्ये ४० प्रतिशत अर्थात् ७,७०,६४० शेयर पहिले नै योग्य संस्थागत लगानीकर्ताहरूलाई जारी गरी बाँडफाँड गरिएको छ भने बाँकी ६० प्रतिशत अर्थात् ११,५५,९६० शेयर पछि सर्वसाधारणलाई जारी गरिनेछ ।

यस सार्वजनिक निष्कासनको कुल ११,५५,९६० इकाइमध्ये १० प्रतिशत शेयर, जम्मा १,१५,५९६ इकाइ शेयर विदेशमा काम गर्ने नेपाली नागरिकहरूका लागि जारी गरिएको छ । पछि, बाँकी १०,४०,३६४ इकाइ सर्वसाधारणलाई जारी गरिनेछ ।

ग्लोबल आइएमई क्यापिटललाई निष्कासन प्रबन्धकको रूपमा नियुक्त गरिएको छ । न्यूनतम ५० इकाइका लागि आवेदन दिन सकिन्छ, जबकि अधिकतम परिमाण २० हजार इकाईसम्म दिन सकिन्छ ।

कम्पनीको शेयर मूल्य आम लगानीकर्ताहरूको लागि प्रति शेयर ८२०.८० रुपैयाँ रहेको छ । कम्पनीले बुक-बिल्डिंग विधि मार्फत आईपीओ जारी गर्दैछ । सामान्यतया, बुक-बिल्डिंग प्रक्रिया अन्तर्गत जारी गरिएको आईपीओमा ‘कट-अफ मूल्य’ एक प्रमुख कारकको रूपमा काम गर्दछ । योग्य संस्थागत लगानीकर्ताहरूलाई प्राथमिक शेयर बाँडफाँड गर्दा, रिलायन्स स्पिनिंग मिल्सको लागि ‘कट-अफ मूल्य’ ९१२ मा तोकिएको थियो । दिशानिर्देशहरू पालना गर्दै, आम जनतालाई कम दरमा शेयरहरू उपलब्ध गराइन्छ, जस अनुसार ‘कट-अफ’ मूल्य भन्दा १० प्रतिशत कममा मुल्य निर्धारण गरिएको छ ।  सर्वोत्तम सिमेन्ट लिमिटेड पछि, यो नेपालमा बुक-बिल्डिंग विधि अन्तर्गत आईपीओ जारी गर्ने दोस्रो कम्पनी हुनेछ ।

केयर रेटिङ्स नेपाल लिमिटेडले विकासशील प्रभावहरू सहित रिलायन्स स्पिनिंग मिल्स लिमिटेड (RSML) लाई क्रेडिट निगरानी अन्तर्गत राख्न जारी राखेको छ । पर्याप्त सुरक्षा र कम क्रेडिट जोखिम जनाउने कम्पनीको रुपमा CARE-NP A- (Is) रेटिंग दिएको छ ।

जस अनुसार कम्पनीको दीर्घकालीन मूल्याङ्कन (CARE-NP A-) र छोटो अवधिको मूल्याङ्कन (CARE-NP A2+) रहेको छ ।

रिलायन्स स्पिनिङ मिल्स प्रा. लि. २०५१ सालमा कम्पनी रजिस्ट्रारमा दर्ता भएको थियो । ४,३००+ कर्मचारीहरू सहित, रिलायन्स स्पिनिङ मिल्स देशको आफ्नो प्रकारको सबैभन्दा ठूलो हो । कम्पनीले अन्तर्राष्ट्रिय स्तरको पलिएस्टर, भिस्कस र एक्रिलिक धागो उत्पादन गर्छ जुन त्यसपछि विश्वव्यापी रूपमा, मुख्यतया भारत र टर्कीमा निर्यात गरिन्छ । कम्पनीको सुनसरीको खनार र सुनसरीको दुहबीमा दुई उत्पादन एकाइहरू छन् । जुलाई २०२१ को मध्यसम्ममा कम्पनीको कुल स्थापित उत्पादन क्षमता प्रति वर्ष ४० हजार ६८० मेट्रिक टन रहेको छ ।

Read More

श्रीलंकामा चक्रवातबाट हालसम्म ६२७ जनाको मृत्यु

काठमाडौँ । श्रीलंकामा चक्रवात दिटवाबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । हालसम्म चक्रवातबाट ६२७ जनाको मृत्यु भएको छ भने सयौं अझै बेपत्ता छन् ।

चक्रवातका कारण भएको अविरल वर्षा, बाढी र पहिरोले धेरै क्षेत्रहरूलाई तहसनहस पारेको छ । देशको विपद् व्यवस्थापन केन्द्रका अनुसार, सबै २५ जिल्लाहरूमा जीवन अस्तव्यस्त भएको छ र लाखौं मानिसहरू संकटमा परेका छन् । धेरै नदीहरूमा पानीको स्तर ऐतिहासिक स्तरमा पुगेको छ, धेरै शहरहरू पूर्ण रूपमा डुबेका छन् ।

उद्धार टोलीहरू प्रभावित क्षेत्रहरूमा खोजी र राहत कार्यमा निरन्तर संलग्न छन्, जबकि सरकारले घरहरूमा भएको क्षतिको मूल्याङ्कन सुरु गर्ने तयारी गरिरहेको छ ।

यसैबीच, भारतले अपरेशन ‘सागर बन्धु’ अन्तर्गत श्रीलंकालाई पनि सहयोग गरिरहेको छ । भारतीय सेनाको मेडिकल टोली र फिल्ड अस्पतालहरूले प्रभावित मानिसहरूको निरन्तर उपचार र आवश्यक सेवाहरू प्रदान गरिरहेका छन् ।

Read More

सेल्टा भिगोसँग रियल म्याड्रिड स्तब्ध

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड पराजित भएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिड सेल्टा भिगोसँग २-० गोल अन्तरले स्तब्ध भएको हो ।

सेल्टा भिगोको जितमा विलिओट स्वेडबर्गले दुवै गोल गरेका थिए ।  त्यस्तै यस खेलमा रियल म्याड्रिडका फ्रान गार्सिया र अल्भारो कारेराजले रातो कार्ड पाएका थिए ।

यो हारले रियल म्याड्रिडलाई अंक तालिकामा ठुलो धक्का लागेको छ र शिर्ष स्थानमा रहेको बार्सिलोना भन्दा ४ अंकले पछि परेको छ । रियल म्याड्रिडको १६ खेलमा ३६ अंक रहेको छ । त्यस्तै शिर्ष स्थानमा रहेको बार्सिलोनाको १६ खेलमा ४० अंक रहेको छ ।

त्यस्तै रिल म्याड्रिडलाई स्तब्ध पारेको सेल्टा भिगोको भने यो जितपछि १५ खेलमा १९ अंक भएको छ र लिगमा १०औं स्थानमा उक्लिएको छ ।

Read More