२०८३ बैशाख १३

सिन्धुलीमा कर्फ्यु आदेश जारी

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कर्फ्यु आदेश जारी गरेको छ । बिहीबार बेलुका ८ः३० बजेदेखि शुक्रबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो ।

कमलामाई नगरपालिका–४, धुरा बजारमा भएको घटनालाई लिएर स्थानीयहरूबीच ढुंगामुढा प्रहार भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको जनाएको छ ।

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले स्थानीय प्रशासन ऐन, २०२८ का दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरेकी हुन् । कमलामाई नगरपालिका–४ भित्रको पूर्वमा ग्वाङखोला, पश्चिममा मदन भण्डारी राजमार्ग, उत्तरमा कुमल फाँट र दक्षिणमा धुराबजार चोकसम्म कर्फ्यु जारी गरिएको हो । ती स्थानमा सर्वसाधारण तथा अत्यावश्यक बाहेकका सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । त्यस्तै, कुनै पनि किसिमको भेला, जुलुस र भेलाजन्य कार्य नगर्न र पाँच जनभन्दा बढी मानिस भेला नहुन आदेशमा भनिएको छ ।

३२ वर्षीया सुशीला बम्जनलाई आफ्नै सासू, नन्द र ससुराले पेट्रोल छर्केर आगो लगाई हत्या गरेको विषयलाई लिएर आफन्त र स्थानीय पाँच दिनदेखि आक्रोशित छन् ।

Read More

निर्धारित समयमै निर्वाचन गर्न सरकार प्रतिबद्ध छ- सञ्चारमन्त्री खरेल

काभ्रेपलाञ्चोक । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले संविधान र लोकतान्त्रिक अभ्यास अनुसार तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने बताएका छन् ।

आज काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाको अवलोकनका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले निर्वाचनका लागि सरकारले वातावरण बनाएको र राजनीतिक दलहरुपनि त्यसतर्फ होमिएको बताए ।

निर्वाचनका विषयमा कुनै पनि किसिमको अन्योल नरहेको भन्दै सञ्चारमन्त्री खरेलले देशमा राजनीतिक स्थिरता र लोकतन्त्रको सुदृढीकरणका लागि समयमै निर्वाचन हुनु अत्यन्त आवश्यक रहेको उल्लेख  गरे । निर्वाचन प्रक्रियाप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उनले स्पष्ट पारे ।

सञ्चारमन्त्री खरेलले भने- ‘निर्वाचनको वातावरण बनाउन सरकारले मंगलबार र बुधबार नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीसँग उनीहरुकै कार्यालयमा पुगेर छलफल र अन्तरक्रिया गरिएको छ ।

राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुसहितको बैठक पनि भएको छ । यसले निर्वाचनको वातावरण सुनिश्चित गरेको छ । दलहरु निर्वाचनका लागि तयार छन् । सरकारले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको छ ।’

पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले सङ्घ, प्रदेश र स्थानीत तहको समन्वय र सहकार्यलाई फराकिलो बनाएर विकास र समृद्धिको यात्रामा सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा स्थानीय बासिन्दा, समाजसेवी, बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । यसैबीच मन्त्री खरेलले धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने खरेलथोक स्वारामा प्रत्येक वर्ष हुने कुलपूजा तथा विविध धार्मिक कार्यक्रमलाई सम्वोधन गरे । सो अवसरमा मन्त्री खरेलले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा सरकारको विशेष ध्यान रहेको बताउँदै स्थानीय समुदायले खेलेको सक्रिय भूमिकाको प्रशंसा गरे ।

उनले यस्ता धार्मिक–सांस्कृतिक गतिविधिले सामाजिक एकता र मौलिक पहिचान संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे ।

Read More

बालेन-बाबुराम भेट: नयाँ शक्ति एकजुट हुनुपर्छ भन्दै समन्वय गर्न बाबुरामको आग्रह

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भेटवार्ता गरेका छन्।

पछिल्ला दिनहरूमा बालेनले संसदीय राजनीतितर्फ संकेत गर्ने गरी सक्रियता बढाएपछि बाबुराम पनि आज कुपण्डोल पुगेका हुन्।

भेट कुपण्डोलस्थित कुमार बेनको निवासमा भएको हो, जुन पछिल्लो समय वैकल्पिक राजनीतिक शक्तिहरूको भेटघाट केन्द्रका रूपमा चिनिँदै आएको छ। भेटपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै बाबुरामले नयाँ र वैकल्पिक राजनीतिक शक्तिहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता औँल्याए।

उनले आफूले लामो समयदेखि उठाउँदै आएको धारणा दोहोर्‍याउँदै भने, नयाँ सोच र वैकल्पिक शक्तिहरू मिलेर अघि बढ्नुपर्ने समय आएको छ। सोही सन्देश आफूले बालेन शाहसमक्ष पनि राखेको र वैकल्पिक शक्ति निर्माणको पहल गर्न आग्रह गरेको बताए।

बाबुरामसँगको भेटअघि बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ, सांसद ज्ञानेन्द्र शाही, सुनिल शर्मा, सुधन गुरुङलगायत विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूसँग भेटघाट गरिसकेका थिए।

यी भेटघाटहरूले नेपाली राजनीतिमा नयाँ समीकरण र वैकल्पिक धार निर्माणतर्फ संकेत गरिरहेको चर्चा बढ्दै गएको छ।

Read More

कांग्रेस महाधिवेशन तात्दै, महामन्त्रीमा लड्ने प्रदीप पौडेलको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको आसन्न १५औं महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्।

१४औं महाधिवेशनमा महामन्त्रीमा पराजय व्यहोरेका पौडेलले यसपटक पनि सोही पदमा आफ्नो दाबी प्रस्तुत गर्ने बताएका हुन्। उनले आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत आफ्नो राजनीतिक निर्णय सार्वजनिक गरे।

पत्रकार सम्मेलनमा पौडेलले भने, अघिल्लो महाधिवेशनमा महामन्त्री पदमै प्रतिस्पर्धा गरिसकेकाले अब सोभन्दा तल्लो पदमा जाने प्रश्न नै नरहेको बताए। “महामन्त्रीभन्दा माथि पुग्ने परिस्थिति अहिले बनेको छैन, त्यसैले मैले आफूलाई फेरि महामन्त्रीकै भूमिकामा प्रस्तुत गर्ने निर्णय गरेको हुँ,” उनले स्पष्ट पारे।

१४औं महाधिवेशनबाट महामन्त्री पदमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका थिए। हाल थापाले सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् भने अर्का महामन्त्री शर्मा अहिलेसम्म मौन छन्। यद्यपि शर्माले सार्वजनिक रूपमा थापालाई सहयोग गर्ने संकेत दिइसकेका छन्।

यससँगै कांग्रेसको आगामी महाधिवेशनमा नेतृत्व प्रतिस्पर्धा थप रोचक बन्दै जाने संकेत देखिएको छ।

१४औं महाधिवेशनमा महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । दुई महामन्त्रीमध्ये थापाले सभापतिमा उठ्ने घोषणा गरेका छन् । अर्का महामन्त्री शर्माले भने अहिलेसम्म केही घोषणा गरेका छैनन् । तर, उनले सभापतिमा थापालाई सघाउने सार्वजनिक रुपमा बोलिसकेका छन् ।

Read More

प्रतिनिधिसभा चुनाव नलड्ने विश्वप्रकाश घोषणा, नयाँ पुस्तालाई अवसर दिने

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफू उम्मेदवार नबन्ने स्पष्ट घोषणा गरेका छन्।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकमा शर्माले आफ्ना सहकर्मीहरूलाई आगामी निर्वाचनमा चुनावी प्रतिस्पर्धाबाट बाहिर रहने जानकारी गराएका हुन्।

उनको नाम झापा–१ बाट प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत रूपमा सिफारिस भइसकेको भए पनि शर्माले आफ्नो अडान दोहोर्‍याउँदै चुनाव नलड्ने निर्णयमा अडिग रहेको बताएका छन्। उनले अघिल्लो निर्वाचनकै क्रममा ०८४ सालको चुनावमा उम्मेदवार नबन्ने घोषणा गरिसकेको स्मरण गराउँदै अब नयाँ नेतृत्वलाई अघि बढ्न अवसर दिनुपर्ने धारणा राखे।

पार्टीभित्र प्रभावशाली नेताको रूपमा चिनिएका शर्माको यो निर्णयलाई कांग्रेसभित्र पुस्तान्तरण र नेतृत्व विकासको संकेतका रूपमा पनि हेरिएको छ।

Read More

तराईको शीतलहर र पहाडी क्षेत्रमा हिमपातले जनजीवन कष्टकर बनेकोप्रति प्रचण्डबाट सरकारको ध्यानाकर्षण

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मौसममा आएको परिवर्तनसँगै तराई–मधेशमा शीतलहर तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातका कारण जनजीवन कष्टकर बनेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रचण्डले मौसममा आएको परिवर्तनका कारण समाजका गरीब तथा सीमान्तीकृत वर्गका जनता बढी पीडित भएको उल्लेख गर्दै यस्तो परिस्थितिमा प्रभावित जनतालाई तत्काल सहयोग पुर्‍याउन तथा कुनै पनि मानवीय क्षति र स्वास्थ्य समस्या उत्पन्न हुन नदिन आवश्यक प्रतिकार्यका लागि तीन वटै तहका सरकारसँग अपील गरेका छन् । 

प्रचण्डले प्रभावित समुदायका लागि आवश्यक सहयोग जुटाउन तथा राहत लगायतका कार्यहरूलाई समन्वयात्मक रूपमा अघि बढाउनका लागि पार्टीका सम्बन्धित सबै समितिहरूलाई आवश्यक भूमिका निर्वाह गर्न निर्देशन समेत दिएका छन् । 

Read More

२५ वर्षदेखि थुनिएको जयवागेश्वरी मन्दिरसँगैको सुन्धाराको निकास खोलियो

काठमाडौँ । पाशुपत क्षेत्र जयवागेश्वरी मन्दिरसँगै रहेको सुन्धाराको बन्द पानीको निकास खोलिएको छ । पुस ६ गते र ९ गते रातभरको प्रयास गरेपछि १० गते बिहान पाइप राखेर निकास खोलिएको हो ।

‘यो ढुङ्गेधारा लिच्छवीकालीन हो ।’ महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नम्बर ८ का अध्यक्ष आशामान संगत भन्छन्, ‘प्राचीन यो संरचनाबाट पानीको निकासका लागि बनाइएको ढलमा मानिस पसेर सफाइ गर्न सक्ने थियो । सहरीकरणसँगै खानेपानी वितरण लाइन जडान गर्दा मौलिक र परम्परागत वृहत ढल संरचना नासेर पाइप राखेपछि करिब २५ वर्षअघि धाराबाट पानीको निकास बन्द भएको थियो ।’ निकास खोल्ने प्रयासका बारेमा कुरा गर्दै उनले भने- ‘विगत १० वर्षअघि पनि प्रयास गरिएको थियो । तर, त्यसबेला सम्भव भएन । यसपटक करिब ६० मिटर लम्बाइ र ९ देखि १२ फिटसम्मको गहिराइ पहिल्याएर नियमित काम गरेपछि निकास खोल्न सकियो ।’

पानीको निकास भएपछिको योजनाका विषयमा कुरा गर्दै संगत भन्छन्- ‘यो केवल पानीको धारो मात्र होइन । नेवार सभ्यताको पहिचान पनि हो । जल व्यवस्थापन प्रणाली र मौलिक प्राचीन इञ्जिनियरिङ्को जीवन्त दशी पनि हो । हामी यसलाई पुनस्थापित गराउँछौँ ।’

‘सुन्धारा वास्तुकलात्मक छ । ढुङ्गाहरुमा कलात्मक वुट्टा छन् । ठाउँठाउँमा देवी देवताका मूर्ति राखिएका छन् ।’ यसको प्रचलनका विषयमा जानकारी दिँदै जयबागेश्वरी मन्दिरका पुजारी रमेश कर्माचार्य भन्छन्, ‘यस धारामा गणेश र भैरवलाई द्वारपाल राखेर जयवागेश्वरी माताले नुहाउने गरेको विश्वाश गरिन्छ । अहिले पनि माताको चरण पखाल्न तथा यस क्षेत्रमा हुने धार्मिक अनुष्ठानका लागि यही धाराको शुद्ध जल प्रयोग गर्ने चलन छ ।’  

जयबागेश्वरी माताको मन्दिर र सुन्धाराको स्थापनाका विषयमा स्थानीय मुकुन्दराज वैद्य भन्छन्- ‘लिच्छवीकालीन राजा नरेन्द्र देवले आफ्ना जनतामाथि कुनै समस्या नहोस् । सबै टाठावाठा हुन् भनेर माताको आव्हान गर्नुभएको थियो । उहाँको आव्हानपछि शिवजीको आशीर्वाद प्राप्त गरेर मानसरोवरबाट जयबागेश्वरी आउनुभएको हो । शिला नदी तरेर आएपछि माताको इच्छा अनुसार उहाँले स्नान गर्ने पानी शिलानदीबाट ल्याइएको हो । माताको पाउ पनि शिलाको नै छ । माताको दर्शन गर्दा मुहारको होइन । पाउको दर्शन गर्ने चलन छ ।’ 

यस अघि भएका पुननिर्माणका क्रममा धाराको स्वरुप विगारिएको छ । वडाध्यक्ष संगत भन्छन्- ‘विग्रिएकोलाई सुधार गरेर यसको कलात्मकता र मौलिकपनलाई पुनस्थापित गराउँछौँ ।’

Read More

बालेनको सक्रियता: को कसलाई भेटे ?

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन शाहले आफ्नो राजनीतिक सक्रियता बढाएका छन् । आफ्ना सहयोगी कुमार बेनको ललितपुरको कुपन्डोलस्थित घरमा विभिन्न राजनीतिक दलका नेताहरु, सामाजिक अभियन्ता र जेनजी नेताहरुसँग परामर्श गर्दै आफ्नो राजनीतिक सक्रियता बढाएका हुन् ।

बालेनले विहिबार मात्र उर्जामन्त्री कुलमान घिसिङदेखि डा. बाबुराम भट्टराईसम्म भेटवार्ता गरेका छन् । बालेनलाई भेट्न कुपण्डोलमा एक पछि अर्को गर्दै नेताहरु पुगेका थिए ।     

बालेनले आज पनि रास्वपा सभापति रवि लामिछाने पनि पुगेका थिए । बालेन र लामिछानेको आज पनि तीन घण्टाभन्दा बढी समय भेटवार्ता भएको थियो । भेटपछि लामिछानेले स्पष्ट जानकारी नदिएपनि मेरो अनुहार हेरेर के लाग्छ ? भन्ने जवाफ दिएका थिए ।

त्यस्तै निवर्तमान स्वतन्त्र सांसद अमरेश कुमार सिंह पनि बालेन र लामिछानेको भेट जारी रहेकै समयमा पुगेका थिए । भेटपछि अमरेशले बालेन र रवि मिल्ने दाबि गरे । त्यस्तै आज बालेनलाई भेट्न हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनार पनि पुगेका थिए । त्यस्तै डा. बाबुराम भट्टराईले पनि कुपण्डोल पुगेर बालेनसँग भेट गरेका छन् । 

त्यसअघि आजै काँग्रेस नेता सुनिल कुमार शर्मा, जेनजी अभियन्ता सागर ढकाल, रक्षा बम लगायतले बालेनसँग छलफल गरेका थिए । आजै बिहान उर्जामन्त्री कुलमान घिसिङसँग पनि बालेनको छलफल भएको थियो । बालेनसँगको भेटपछि कुलमानले आज उज्यालो पार्टीको केन्द्रीय कार्यालयको उद्घाटन गर्दै आगामी निर्वाचनमा सबै नयाँ शक्तिहरु एक ठाउमा आउने दाबि गरेका छन् ।

बालेनले सक्रिय राजनीतिमा आउने निश्चय गरेसँगै बुधबार काँग्रेस नेता चन्द्र भण्डारी, राप्रपा नेता ज्ञानेन्द्र शाही, नाउपाका संरक्षक रेशम चौधरी, डा. भगवान कोइरालासहित दर्जनभर स्वतन्त्र व्यक्ति र नेताहरुसँग छलफल गरेका थिए ।

बालेनले सकेसम्म सबै नयाँ शक्तिलाई एक ठाउमा ल्याउने नभए आफ्ना शुभचिन्तकहरुले दर्ताको गरेको देश विकास पार्टीबाट चुनावमा जाने तयारी गरेको उनी निकट व्यक्तिहरुले बताएका छन् ।

Read More

राष्ट्रिय सभाको अधिवेशन तत्काल आव्हान गर्न काँग्रेसको माग

काठमाडौँ  । नेपाली काँग्रेसले राष्ट्रिय सभाको अधिवेशन तत्काल आव्हान गर्न माग गरेको छ  ।

कांग्रेस राष्ट्रिय सभा संसदीय दलको बैठक दलका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बसेको बैठकले अबिलम्ब राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुपर्ने माग गर्ने निर्णय गरेको हो ।

कांग्रेसले देशमा बदलिएको राजनीतिक बिषम परिस्थीतिमा असंवैधानिक ढंगबाट प्रतिनिधि सभा विघटन भएको अवस्थामा जनताका आवाजहरु उठाउने सार्वभौम संघीय संसद अन्तर्गत राष्ट्रिय सभा मात्र कायम रहेको हुँदा राष्ट्रिय सभाको बैठक बस्न आवश्यक भएकोले अबिलम्ब राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न अध्यक्षलाई सम्बन्धित निकायसँग माग गर्न अनुरोध गर्ने निर्णय गरेको प्रमुख सचेतक कृष्ण बहादुर रोकायले जानकारी दिएका छन् ।

Read More

बालेनलाई भेट्न कुपन्डोल पुगे डा. बाबुराम भट्टराई

काठमाडौँ । पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई काठमाडौँ महानगरका मेयर बालेन शाहसँग भेटगर्न कुपन्डोल पुगेका छन् ।

आफ्ना सहयोगी कुमार बेनको ललितपुरको कुपन्डोलस्थित घरमा बालेनले यसअघि रास्वपा सभापति रवि लामिछानेसँग वान टू वान भेटवार्ता गरेका थिए । बालेनले आजै उर्जामन्त्री कुलमान घिसिङ र निवर्तमान स्वतन्त्र सांसद अमरेशकुमार सिंहसँग भेटवार्ता गरेका थिए ।

आजको भेटपछि रवि लामिछानेले भेटको परिणाम छिट्टै बाहिर आउने बताएका थिए । त्यस्तै अमरेशकुमार सिंहले बालेन र रवि एकठाउमा आउने दाबि गरेका छन् ।

बालेनले राजनीतिक सक्रियता बढाएर विभिन्न दलका नेता र अभियन्ताहरुसँग भेटघाट गरिरहेका छन् ।

Read More