२०८३ बैशाख १३

प्रधानमन्त्री कार्कीको उपस्थितिमा सिंहदरबारमा सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा मन्त्रीहरु, नेपाली सेनाका प्रधान सेनापतिलगायत विभिन्न सुरक्षा निकायका उच्च अधिकारी, मुख्य सचिव तथा सचिवहरु, विभागीय प्रमुखहरु, निजी क्षेत्रका प्रतिनिधिहरुको पनि उपस्थिति थियो।

कार्यक्रममा जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले स्वजागरणसम्बन्धी प्रवचन दिएका थिए । प्रधानमन्त्री कार्कीले स्वजागरण अभियानले नैतिकता, सदाचारिता र सेवाभावयुक्त जनशक्ति निर्माण गरी मुलुकमा सुशासन स्थापनामा सघाउ पुग्ने विश्वास व्यक्त गरेकी थिइन् । 

नेपालका विविध सामाजिक-राजनीतिक आन्दोलनहरू तथा जेनजी पुस्ताको सदाचार र सुशासनको मागलाई ध्यानमा राख्दै अब स्वजागरणलाई सबै तहमा संस्थागत गरी दैनिक जीवनको हिस्सा बनाउनु अपरिहार्य भएको उनको भनाइ थियो। 

उनले भनिन्- ‘स्वजागरण केवल आध्यात्मिक अभ्यास मात्र होइन, यो आन्तरिक रूपमा व्यक्तिलाई खुसी र शान्त रहन सिकाउने र बाह्य रूपमा जिम्मेवार, कर्तव्यनिष्ठ र समृद्ध समाज निर्माणमा सहयोग पुर्‍याउने प्रयोगात्मक जीवन पद्धति हो । स्वजागरणले पहिले आफूलाई व्यवस्थित, अनुशासित र सचेत बनाउन सिकाउँछ।त्यसपछि परिवार, समाज र राष्ट्रप्रति जिम्मेवार बन्न प्रेरित गर्दछ। स्वजागृत व्यक्तिले अधिकार मात्र खोज्दैन, आफ्नो कर्तव्य के हो भन्ने प्रश्न आफैंसँग गर्छ।’ 

Read More

काँग्रेस महामन्त्रीमा विश्वप्रकाश र प्रदीपको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी परेको छ ।

काठमाडौँको भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशन अन्तर्गत विश्व प्रकाश र प्रदीपले महामन्त्रीमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै सभापतिमा भने गगन थापाको मात्रै उम्मेदवारी परेको छ ।

बुधबार बिहान सभापति शेरबहादुर देउवासँग दुवै महामन्त्रीको वार्ता निष्कर्षमा पुग्न नसकेपछि निर्वाचन समितिले नेतृत्व चयनको प्रक्रिया अगाडी बढाएको छ ।

निर्वाचन समिति स्रोतका अनुसार नयाँ नेतृत्वको चयन सर्वसम्मत हुने सम्भावना देखिएको छ । काँग्रेसको विशेष महाधिवेशनले  १३ पदाधिकारीसहित १२१ केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ ।

Read More

थाइल्याण्डमा रेल दुर्घटना, २२ जनाको मृत्यु

काठमाडौँ । थाइल्याण्डमा ठूलो रेल दुर्घटना भएको छ ।

राजधानी बैंककबाट उत्तरपश्चिमी थाई प्रान्त जाँदै गरेको रेलमा निर्माण स्थलबाट क्रेन खसेपछि रेल पटरीबाट खसेको बताइएको छ । दुर्घटनामा २२ जनाको मृत्यु भयो र लगभग ३० जना घाइते भएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । राजधानी बैंककबाट करिब २३० किलोमिटर टाढा रहेको थाइल्याण्डको सिखियो जिल्लामा बुधबार बिहान दुर्घटना भएको थियो ।

एक स्थानीय प्रहरी अधिकारीका अनुसार क्रेन निर्माणाधीन उच्च गतिको रेल परियोजनामा ​​काम गरिरहेको थियो र क्रेन गुड्दै गर्दा रेलमा खसेको थियो ।

दुर्घटना पछि राहत र उद्धार कार्यको भिडियो पनि सार्वजनिक भएको छ, जसमा उद्धारकर्मीहरूले दुर्घटनाग्रस्त रेल काटेर घाइतेहरूलाई बाहिर निकालिरहेको देख्न सकिन्छ ।

Read More

काँग्रेस विशेष महाधिवेशन: सर्वसम्मत नेतृत्व चयन गरिदै, सभापतिमा गगनको उम्मेदवारी

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सभापति पदमा आफ्नो उम्मेदवारी दिएका छन् ।

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया अगाडी बढेपछि महामन्त्री थापाले सभापतिमा उम्मेदवारी दिएका हुन् ।

यसअघि सभापति शेरबहादुर देउवा र दुवै महामन्त्रीसँग गरेको वार्ता सकारात्मक नभएपछि विशेष महाधिवेशन पक्षधर निर्वाचन प्रक्रियामा अगाडी बढेका छन् ।

निर्वाचन समितिका संयोजक सिताराम केसीका अनुसार सबै पदमा उम्मेदवारी परेको र दिउसो १ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने भएको छ । विशेष महाधिवेशनबाट सबै पदमा सर्वसम्मत चयन गर्ने तयारी भएकाले मतदानको आवश्यकता नपर्ने बताइएको छ ।

काँग्रेसको विशेष महाधिवेशनले  १३ पदाधिकारीसहित १२१ केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ ।

Read More

अरुण क्षेत्रीको मुख्य भूमिकामा चलचित्र ‘हन्टर’ को छायांकन सम्पन्न

काठमाडौं । चलचित्र ‘हन्टर’को छायांकन सकिएको छ । एक्सन ड्रामा जानराको चलचित्र ‘हन्टर’को छायांकन ४५ दिनमा सकिएको हो । चलचित्र पश्चिम नेपालका विभिन्न स्थानमा छायांकन गरिएको निर्माणपक्षले जनाएको छ ।

चलचित्र ‘हन्टर’लाई जीवन सिंहले निर्देशन गरेका छन् । उनको यो डेब्यू निर्दशन हो । क्याच कक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण भएको यस चलचित्रको लेखक र एडिटर पनि निर्देशक स्वयं हुन् ।

चलचित्रले सुदूरपश्चिमको कथा भन्नेछ । चलचित्र एक्सन इन्टरटेनर हुने निर्देशक सिंहको भनाइ छ । ‘हन्टर’ रियल पात्रको कथाबाट इन्स्पायर रहने निर्देशकले बताएका छन् । तर, रियल पात्रको कथामा फिक्सनाइज गरिएको निर्देशक जीवनको भनाइ छ ।

चलचित्रको मुख्य भूमिकामा अरुण क्षेत्री छन् । प्रकाश साह, गरिमा शर्मा, सरोज खनाल, रुजा राउत, सुप्रज्ञा शर्मा, रमेश बुढाथोकी, सुशील पोखरेल, रोशनी दाहाल, सोनी लगुन, गीता अधिकारीको अभिनय रहेको छ ।

कृष्ण थापाको डीओपी रहेको चलचित्र ‘हन्टर’मा एक्सन शुक्ररा साहको छ । विक्रम स्वाँर र सञ्जय खिमजिमको कोरियोग्राफी रहेको चलचित्रमा बाबुल गिरीको संगीत छ । चलचित्रमा ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहेको छ भने कार्यकारी निर्माता रोयल भिमसेन हुन् । ममता सिहं, गोविन्द राज रोक्का र राज ए भट्ट निर्माता रहेको चलचित्रमा मनीष चन्द सह–निर्माता छन् ।

चलचित्रको प्रदर्शन मिति तय गरिएको छैन । पोस्टको काम सबै सकिएपछि मात्रै रिलिज मिति घोषणा गर्ने निर्देशक सिंहले जानकारी दिएका छन् ।

Read More

सिन्धुली एसबिआई बैंक लुटपाट: स्थानीयको सहयोगमा चार लुटेर पक्राउ

सिन्धुली ।  सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटपाटमा संलग्न लुटेरालाई स्थानीयको सहयोगमा पक्राउ गरिएको छ । 

मंगलबार साँझ करिब ७: ४५ बजेतिर सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकमा लुटपाट भएको थियो । लुटेराले कर्मचारीलाई बाँधेर, सुरक्षा गार्डको हात काटिदिएर करोडौं रकम बोरामा हालेर भागेका थिए । फिल्मी शैलीमा घ्याङलेख शाखाबाट ३ करोड ११ लाख रुपैयाँ लुटपाट भएको थियो । 

बैक लुटिएको खबर पाउनासाथ स्थानीयले चारैतर्फबाट घेरा हालेर सोही गाउँपालिकाको वडा नम्बर- १, सुकाचुरीबाट ४ जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । लुटिएको तीन करोड १० लाख ९५ हजार २८३ मध्ये एक करोड ८० लाख १० हजार ५०० प्रहरीले बरामद गरेको बताएको छ ।

लुटपाटमा प्रयोग गरिएको गाडीसहित चालकलाई नियन्त्रणमा लिइएको भए पनि अन्य केहि लुटेरा अझै फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले फरार लुटेराहरूको खोजी तीव्र बनाएको र थप अनुसन्धान जारी रहेको जनाएको छ ।

Read More

सुनचाँदीको मुल्यमा आजपनि नयाँ किर्तिमान

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य बढेर उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको तोलाको १५ सयले बढेर तोलाको २ लाख ७८ हजारमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि मंगलबार सुन तोलाको २ लाख ७६ हजार ५ सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३१५ रुपैयाँले बढेर तोलाको ५६५५ रुपैयाँमा कारोबार भइरहेको छ । यो चाँदीको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि मंगलबार चाँदी तोलाको ५३४० रुपैयाँमा कारोबार भएको थियो ।

Read More

ग्रीनल्याण्डका प्रधानमन्त्री भन्छन्- हामी अमेरिकाको सट्टा डेनमार्क नै रोज्छौं

काठमाडौँ । ग्रीनल्याण्डका प्रधानमन्त्री जेन्स फ्रेडरिक निल्सनले जनतालाई अहिले नै रोज्न भनियो भने उनीहरूले अमेरिकाको सट्टा डेनमार्क रोज्ने बताएका छन् ।

डेनिस प्रधानमन्त्री मेटे फ्रेडरिक निल्सनसँगको संयुक्त पत्रकार सम्मेलनमा जेन्स फ्रेडरिक निल्सनको यो भनाइलाई अहिलेसम्मकै सबैभन्दा कडा प्रतिक्रिया मानिएको छ ।

यो भनाइ यस्तो समयमा आएको हो, जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डलाई गाभ्ने आफ्नो योजना नवीकरण गरेका छन् ।

ट्रम्पले रूस र चीनबाट जोगाउन ग्रीनल्याण्डको अमेरिकाको स्वामित्व आवश्यक रहेको छ । अमेरिकाले टापु खरिद गर्ने बताउदै आएको छ, तर यसलाई गाभ्न बल प्रयोग गर्ने सम्भावनालाई अस्वीकार गरेको छैन ।

जब ट्रम्पलाई निल्सनको टिप्पणीको बारेमा प्रश्न गरिएको थियो, उनले भने- ‘त्यो उनीहरूको समस्या हो, म उनीसँग सहमत छैन… यो उनीहरूको लागि ठूलो समस्या हुनेछ ।’

डेनमार्क नेटोको सदस्य हो र यसका प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले सैन्य बलको प्रयोगले ट्रान्स-एट्लान्टिक रक्षा गठबन्धनको अन्त्य हुने चेतावनी दिएका छन् । उत्तर अमेरिका र आर्कटिकको बीचमा अवस्थित ग्रीनल्याण्डको भौगोलिक स्थानले क्षेप्यास्त्र आक्रमणको घटनामा प्रारम्भिक चेतावनी प्रणालीको लागि महत्त्वपूर्ण बनाउछ र यस क्षेत्रमा जहाजहरूको निगरानीको लागि पनि महत्त्वपूर्ण मानिन्छ ।

Read More

सभापति र महामन्त्रीद्वयबीचको वार्ता सकियो, पद नछोड्ने अडानमा देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माबीचको निर्णायक भनिएको वार्ता सकिएको छ । 

देउवा निवास महाराजगन्जमा भएको वार्ता सकारात्मक नभएको बुझिएको छ । वार्तामा देउवा सभापतिबाट अहिले नै राजीनामा दिन तयार नभएको बताइएको छ । देउवाले राजीनामा नदिने र भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन बारे चासो नै नदेखाएको स्रोतले बतायो ।

काँग्रेस नेता रमेश लेखकले सभापति देउवाले टिकट बाड्ने पत्रमा हस्ताक्षर गर्नबाट पछि हट्न लचक भएको बताएका छन् । तर यस अघि राष्ट्रिय सभाको टिकट दिदा र प्रतिनिधिसभाको समानुपातिक सूचीमा देउवाकै हस्ताक्षर भएकाले अब प्रतिनिधिसभाको टिकट वितरणमा गर्ने हस्ताक्षरले मात्र के अर्थ राख्छ भन्दै महामन्त्रीद्वय सहमत नभएको बुझिएको छ । करिब एक घण्टाको छलफलबाट निष्कर्ष ननिस्किएपछि महामन्त्रीद्वय देउवा निवासबाट बाहिरिएका छन् ।

यसअघि मंगलबार भएका वार्ता र छलफलमा अन्य विषयमा संस्थापन पक्ष लचक भएपनि सभापति देउवाले नेतृत्व छोड्नु पर्न विषयमा सहमत नभएपछि कुरा मिलेको थिएन ।

Read More

सभापति देउवाले महामन्त्रीद्वयसँग निर्णायक वार्ता गर्दै

काठमाडौँ । नेपाली काँग्रेसको विवाद मिलाउन निर्णायक वार्ता हुदैछ । सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई निर्णायक वार्तामा बोलाएका छन् ।

यसअघि समितिस्तरमा भएका वार्ता निष्कर्षमा पुग्न नसकेपछि सभापति देउवाले पार्टी विभाजन रोक्न अन्तिम प्रयास गर्दैछन् ।

महामन्त्रीद्वयसँगको छलफलमा सभापति देउवासहित संस्थापनपक्षका नेता बालकृष्ण खाँण र रमेश लेखकलगायत सहभागी हुने बताइएको छ ।

यसअघि मंगलबार भएका वार्ता र छलफलमा अन्य विषयमा संस्थापन पक्ष लचक भएपनि सभापति देउवाले नेतृत्व छोड्नु पर्न विषयमा सहमत नभएपछि कुरा मिलेको थिएन ।

Read More