२०८३ बैशाख १३

एप्पल बन्यो विश्वको सबैभन्दा ठुलो स्मार्टफोन ब्रान्ड

काठमाडौँ । सामसुङ, शाओमी र मोटोरोला जस्ता दिग्गजहरू बीचको विश्वव्यापी स्मार्टफोन बजारको लडाईमा एप्पल शिर्ष स्थानमा पुगेको छ । काउन्टरपोइन्टको पछिल्लो रिपोर्ट अनुसार, एप्पल २०२५ मा विश्वको सबैभन्दा छिटो बढ्दो स्मार्टफोन ब्रान्ड बनेको छ । २० प्रतिशत विश्वव्यापी बजार हिस्सा र १० प्रतिशत वार्षिक वृद्धिको साथ, एप्पलले प्रतिद्वन्द्वी सामसुङलाई उछिनेको छ ।

आईफोन १७ सिरिज एप्पलको सफलताको प्रमुख माध्यम बनेको छ, लन्च हुने बित्तिकै यसको लोकप्रियता बढेसँगै एप्पलको बजार हिस्सा बढेको थियो । यसबाहेक, पुरानो आईफोन १६ ले भारत, जापान र दक्षिणपूर्व एशिया जस्ता बजारहरूमा अपेक्षा गरेभन्दा धेरै राम्रो प्रदर्शन गरेका कारण एप्पलको बजार हिस्सा वृद्धि भएको हो । विश्लेषकहरूले कोरोना महामारीको समयमा खरिद गरिएका फोनहरू प्रतिस्थापन गर्ने समय आएका कारण एप्पलको बजार हिस्सा बढेको विश्लेषण गरेका छन् । यही कारणले गर्दा लाखौं प्रयोगकर्ताहरूले आफ्ना पुराना फोनहरू त्यागेर नयाँ  आईफोन किनिरहेका छन् ।

रिपोर्टका २०२५ मा अनुसार एप्पलको २० प्रतिशत बजार हिस्सा रहेको छ भने सामसुङको १९ प्रतिशत रहेको छ । त्यस्तै शाओमीको १३ प्रतिशत, भिभोको ८ प्रतिशत र ओप्पोको ८ प्रतिशत रहेको छ । 

यसका साथै, धेरै साना र क्षेत्रीय ब्रान्डहरूले कुल बजारको लगभग ३२ प्रतिशत ओगटेका छन् । दोस्रो स्थानमा रहेको सामसुङको १९ प्रतिशत हिस्सा छ भने यसको वार्षिक वृद्धि केवल ५ प्रतिशत छ, जुन एप्पलको भन्दा आधा रहेको छ । यसैबीच, चिनियाँ कम्पनीहरू (शाओमी, भिभो र ओप्पो) ले विश्वव्यापी बजारको लगभग ३० प्रतिशत ओगटेका छन् ।

यद्यपि, २०२६ सम्मको बाटो अलि कठिन देखिन्छ । कृत्रिम बुद्धिमत्ता (एआई) को बढ्दो मागले डेटा केन्द्रहरूको संख्यालाई बढाइरहेको छ । फलस्वरूप, चिप निर्माताहरूले स्मार्टफोनभन्दा एआई डाटा सेन्टरहरूको लागि चिपहरूलाई प्राथमिकता दिइरहेका छन् । फलस्वरूप, फोनमा प्रयोग हुने मेमोरी चिपहरूको मूल्य आकाशिएको छ । स्मार्टफोनको मूल्यमा चाँडै तीव्र वृद्धि हुन सक्छ । यद्यपि, एप्पल र सामसुङ जस्ता ठूला ब्रान्डहरूले आफ्नो स्केलको कारणले गर्दा, साना ब्रान्डहरू भन्दा यो संकटलाई राम्रोसँग सम्हाल्न सक्छन् ।

Read More

उत्तरी मालीमा डुङ्गा पल्टिदा ३८ जनाको मृत्यु

काठमाडौँ । उत्तरी मालीको टिम्बक्टु क्षेत्रमा नाइजर नदीमा फेरी डुङ्गा पल्टिएको भयानक दुर्घटना भएको छ ।

दुर्घटनामा दर्जनौंको मृत्यु भएको बताइएको छ । यद्यपि अधिकारीहरूले अहिलेसम्म आधिकारिक मृत्युको संख्या जारी गरेका छैनन्, तर यस क्षेत्रका बासिन्दा र पूर्व सांसद अल्काइदी तोरेले दुर्घटनामा ३८ जनाको मृत्यु भएको र २३ जना बाँचेको बताएका छन् ।

स्थानीय बासिन्दा मौसा एग अल्मोबारेक त्राओरेले दुर्घटनामा परिवारका २१ सदस्य गुमाएको बताए । उनले शवहरू नदीमा छरिएका र केही सड्न थालेका पनि बाइएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार, डुङ्गामा सवार अधिकांश मानिसहरू धान काट्नबाट फर्किरहेका किसानहरू थिए । सुरक्षा कारणले गर्दा, रातमा डुङ्गाहरू डक गर्न निषेध गरिएको छ, किनकि यस क्षेत्रमा अल-कायदासँग सम्बन्धित आतंकवादी संगठनहरू सक्रिय छन् ।

माली दशकौंदेखि आतंकवादसँग जुधिरहेको छ। अल-कायदा समर्थित समूह जेएनआईएमले टिम्बक्टु क्षेत्रमा काम जारी राखेको छ, जसले गर्दा कडा सुरक्षा नियमहरू लागू भएका छन् ।अल-कायदा टुरेका अनुसार, ठूलो संख्यामा महिला र बालबालिका डुबेका हुनाले सम्पूर्ण टिम्बक्टु क्षेत्र शोकमा रहेको छ ।

Read More

हिमालयन लाइफले राख्यो ५ लाख ३६ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना संस्थापक शेयरधनीको नाममा दर्ता ५ लाख ३६ हजार २२५ कित्ता शेयर बिक्रीमा राखेको छ।

कम्पनीका अनुसार यो बिक्री प्रक्रिया नेपाल बीमा प्राधिकरणले जारी गरेको “बीमकको संस्थापक शेयर कारोबार निर्देशिका, २०७७” अनुसार सञ्चालन हुनेछ। यस अन्तर्गत, पहिलो प्राथमिकता कम्पनीका हालका संस्थापक शेयरधनीलाई दिइएको छ।

कम्पनीले जनाएको छ, इच्छुक संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र कम्पनीको कानुन विभागमा लिखित प्रस्ताव पेश गर्नुपर्नेछ। यदि तोकिएको समयभित्र कुनै प्रस्ताव नआएमा, बाँकी शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याइने व्यवस्था तय गरिएको छ।

हिमालयन लाइफले यस कदममार्फत संस्थापक शेयरधनीमा हिस्सेदारीको पुन:समायोजन गर्दै बजारमा थप पारदर्शिता र अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ।

Read More

सभापति छोड्न देउवा तयार भएनन्, विशेष महाधिवेशन नेतृत्व चयनतर्फ उन्मुख

काठमाडौँ । नेपाली काँग्रेसमा भएका सहमतिका प्रयास निष्कर्षमा पुग्न नसक्ने संकेत देखिएको छ ।  विशेष महाधिवेशन पक्षधरले राखेको नेतृत्व परिवर्तनको अडान संस्थापन पक्षले अस्वीकार गरेपछि काँग्रेस नयाँ नेतृत्व चयनको बाटोमा अगाडी बढेको हो ।

विशेष महाधिवेशनको निर्वाचन समितिले मनोनयन दर्ताका लागि आज बिहान ८: १५ बजेदेखि ९: १५ बजेसम्मको समय थप गरेको छ ।

सभापति शेरबहादुर देउवाले तत्काल नेतृत्व छोड्न तयार नभएपछि वार्ता निष्कर्षमा नपुगेको बताइएको छ । अब महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने गृहकार्यमा जुटिसकेका छन् ।  संस्थापन र विशेष महाधिवेशन पक्षधर नेताहरू सहमति जुटाउन समिति नै बनाएर संवाद गरेका थिए । 

विशेष महाधिवेशनलाई केन्द्रीय कार्यसमितिबाट स्वामित्व लिन र हलबाट पारित भएको नीति तथा पार्टी सुधारका प्रस्तावलाई कार्यान्वयनमा लैजान संस्थापन पक्ष तयार भएपनि सभापति देउवाले पद छोड्नुपर्ने मागमा संस्थापन पक्ष तयार नभएको बताइएको छ ।

मंगलबार साँझसम्म वार्ता सकारात्मक भएको भन्दै विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका आजका लागि सारिएको थियो भने संस्थापन पक्षले बोलाएको केन्द्रीय समितिको बैठक पनि आजका लागि सारिएको थियो ।

वार्तामा विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशनबाटै नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन गर्ने, दोस्रो सभापतिले राजीनामा दिने र नेतृत्वमा मात्रै निर्वाचन गर्ने, तेस्रो संस्थापन पक्षले चाहेकै व्यक्तिसमेत हुने गरी अन्तरिम सभापति बनाउने प्रस्ताव गरेको थियो ।

यी प्रस्तावमा संस्थापन तयार नभएपछि पार्टी संचालन गर्न सभापतिलाई ‘सेरेमोनियल’ भूमिकामा राखेर कार्यवाहक सभापति, महामन्त्रीद्वय र १४औं महाधिवेशनका मुख्य प्रतिस्पर्धी नेतासहितको ‘हाइकमान्ड’ मार्फत पार्टी सञ्चालन गर्ने विकल्प अघि सारिएको थियो र त्यो विकल्पलाई पनि संस्थापन पक्षले अस्वीकार गरेको छ ।

Read More

इरानमा स्टारलिंक इन्टरनेट नि: शुल्क

काठमाडौँ । एलन मस्कको कम्पनी स्टारलिंकले इरानका बासिन्दाहरूका लागि स्याटेलाइट इन्टरनेट सेवाहरू निःशुल्क गरेको छ ।

इरानमा भइरहेको विरोध प्रदर्शनका कारण, विगत केही दिनदेखि देशमा इन्टरनेट सेवाहरू बन्द छन् । यस समयमा, स्टारलिंक इरानीहरूका लागि बाहिरी संसारसँग कुराकानी गर्ने केही माध्यमहरू मध्ये एक बनेको छ ।

एक अनुमानले इरानमा कम्तिमा ५० हजार स्टारलिंक रिसीभरहरू रहेको देखिएको छ, यद्यपि यी कति सक्रिय छन् भन्ने स्पष्ट छैन ।

इरानमा स्टारलिंक प्रयोग गर्नुलाई अपराधीकरण गरिएको छ । हालैका रिपोर्टहरूले इरानी सरकारी एजेन्टहरूले स्टारलिंक रिसीभर मालिकहरूमाथि कारबाही गरिरहेको कुरा बाहिर आएको छ । स्टारलिंक इन्टरनेट प्रयोग गर्न एन्टेना सहित रिसीभिङ उपकरण चाहिन्छ ।

केहि सातादेखि इरानमा जारी प्रदर्शनलाई अमेरिकाले खुला समर्थन गरेको छ भने अहिलेसम्म इरानको प्रदर्शनमा दुई हजार भन्दा बढीको ज्यान गएको दाबि गरिएको छ । सरकारले सबै किसिमका सञ्चार सम्पर्क बन्द गरेको छ ।   

Read More

फिल्म ‘गोबर गणेश’ लाई सेन्सरबाट ‘यू’ सर्टिफिकेट

काठमाडौं । पछिल्लो समय दर्शकमाझ निकै चर्चामा रहेको चलचित्र ‘गोबर गणेश’ ले सेन्सर बोर्डबाट ‘ग्रीन सिग्नल’ पाएको छ ।

आगामी माघ १ गते (माघे संक्रान्ति) बाट देशभरका सिनेमा हलमा प्रदर्शनको तयारीमा रहेको यो चलचित्रलाई केन्द्रीय चलचित्र जाँच समितिले ‘यू’ (युनिभर्सल) सर्टिफिकेट प्रदान गरेको हो ।

हाँस्यकलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को निर्देशन तथा मुख्य अभिनय रहेको चलचित्र ‘गोबर गणेश’ले बोर्डबाट ‘यू’ सर्टिफिकेट पाएको हो । अब यो चलचित्रलाई स–साना बालबालिकादेखि वृद्धवृद्धासम्म, अर्थात् सबै उमेर समूहका दर्शकले परिवारसँगै बसेर हेर्न पाउनेछन् ।

विशेषत पढ्न नसकेपछि काठमाडौं आएर एक युवकले गरेको संघर्ष को कथामा आधारित छ । पढाईमा कमजोर रहेको एक गाउँले युवकले काठमाडौं आएर जीवन बदल्न गरेको संघर्ष सार्वजनिक भएका सामाग्रीबाट बुझ्न सकिन्छ ।

चलचित्रको पोस्टर, ट्रेलर र गीतले राम्रो हाइप पाइरहँदा सेन्सर बोर्डबाट प्राप्त प्रतिक्रिया प्रति निर्माण समूह खुसी छ । निर्देशक मरिचमान श्रेष्ठले सेन्सर बोर्डका सदस्यहरूले फिल्म राम्रो बनेको प्रतिक्रिया दिएको बताए ।

बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा बल्छीसँगै, वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत छन् ।

तारानाथ न्यौपाने चिफ एडी रहेको चलचित्रमा योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहनेछ ।

Read More

बार्सिलोनामा फर्किए कान्सेलो

काठमाडौँ । पोर्चुगलका डिफेन्डर जोआओ कान्सेलो अल हिलाल छोडेर बार्सिलोनामा भित्रिएका छन् ।

बार्सिलोनाले कान्सेलोलाई साउदी क्लब अल हिलालबाट यस सिजनका लागि लोनमा भित्राएको हो । यसका लागि बार्सिलोनाले अल हिलाललाई ४ मिलियन युरो तिर्ने सहमति भएको छ ।

कान्सेलो बार्सिलोनामा दोस्रो पटक आएका हुन् । उनले यसअघि २०२३-२०२४ सिजनमा लोनमै ४२ खेल खेलेका थिए । ३१ बर्षिय कान्सेलो साउदी क्लब अल हिलालमा २०२४ मा गएका थिए ।

Read More

विशेष महाधिवेशनको केन्द्रमा देउवा-गगन टकराव

काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशन केवल विधान संशोधन र औपचारिक नेतृत्व चयनको प्रक्रिया मात्र बनेन, यो पार्टीभित्र लामो समयदेखि दबिएको शक्ति संघर्ष सतहमा आउने मञ्चसमेत बन्यो। यस महाधिवेशनको केन्द्रमा छन्, पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा। एकातिर अनुभवी, संस्थागत नियन्त्रणमा विश्वास गर्ने देउवा छन् भने अर्कोतिर सुधार, पारदर्शिता र पुस्तान्तरणको एजेन्डा बोकेका गगन थापा। यही दुई धारको टकरावले काँग्रेसको पछिल्लो राजनीति तातिएको छ।

देउवा: स्थायित्व र सन्तुलनको राजनीति
शेरबहादुर देउवा नेपाली काँग्रेसका सबैभन्दा अनुभवी नेतामध्ये एक हुन्। चार पटक प्रधानमन्त्री भइसकेका देउवाको राजनीति सधैं सन्तुलन, गठबन्धन र संस्थागत नियन्त्रणमा केन्द्रित रहँदै आएको छ। विशेष महाधिवेशनमा पनि देउवाले पार्टीभित्र ‘अत्यधिक अस्थिरता नआओस्’ भन्ने सन्देश दिन खोजेका छन्।

उनको प्राथमिकता स्पष्ट देखिन्छ, पार्टी एकताबद्ध राख्ने, सरकार र गठबन्धन नडगमगिने बनाउने र आन्तरिक विवादलाई नियन्त्रणमा राख्ने। तर आलोचकहरू भन्छन्, यही ‘सन्तुलनको राजनीति’ ले काँग्रेसलाई वर्षौंदेखि यथास्थितिमा अल्झाइराखेको छ। देउवाको कार्यशैलीमा निर्णय केन्द्रित, नेतृत्त्ववादी र परिवर्तनप्रति हिच्किचाहट रहेको आरोप विशेष महाधिवेशनमा झन् मुखर भएको देखिन्छ।

गगन थापा: परिवर्तन र दबाबको स्वर
महामन्त्री गगन थापा भने विशेष महाधिवेशनमा सबैभन्दा प्रभावशाली आवाजका रूपमा उभिए। बन्दसत्रमा प्रस्तुत राजनीतिक प्रस्ताव र विधान संशोधनमार्फत उनले पार्टीभित्रको संरचना, नेतृत्व शैली र कार्यसंस्कृतिमाथि प्रश्न उठाए।
गगनको सन्देश स्पष्ट थियो: काँग्रेसले अब पुरानै तरिकाले राजनीति गर्न सक्दैन। जनतामा भरोसा गुम्दै गएको अवस्थामा पारदर्शिता, आन्तरिक लोकतन्त्र र युवा पुस्तालाई नेतृत्वमा ल्याउनु अपरिहार्य छ।

गगन थापा केवल विचार राख्ने नेता मात्र होइनन्, उनी देउवामाथि नैतिक दबाब सिर्जना गर्ने हैसियतमा देखिएका छन्। उनले प्रत्यक्ष रूपमा सभापतिलाई चुनौती नदिए पनि उनका प्रस्तावहरू देउवाको कार्यशैलीप्रति असहमतिको संकेतका रूपमा बुझिएका छन्।

विशेष महाधिवेशन: सम्झौता कि संघर्ष?
विशेष महाधिवेशनको रोचक पक्ष के रह्यो भने, देउवा र गगन दुवै पक्ष खुला भिडन्तमा नजाँदै ‘सम्झौतामार्फत संघर्ष’ को बाटोमा देखिए। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले ल्याएको राजनीतिक प्रस्ताव सुझावसहित सर्वसम्मत पारित भयो। यो बाहिरबाट हेर्दा एकताको संकेत जस्तो देखिए पनि भित्रभित्रै शक्ति सन्तुलनको नतिजा थियो।

देउवाले प्रस्ताव पारित हुन दिनु पार्टीभित्र गगनको बढ्दो प्रभाव स्वीकार गर्नुजस्तै हो। उता गगनले पनि सभापतिको हैसियतलाई सीधै चुनौती नदिई संस्थागत सुधारको बाटो रोजे।

नेतृत्व संघर्षभन्दा गहिरो प्रश्न
देउवा-गगन टकराव व्यक्तिको मात्र संघर्ष होइन, यो पुस्ता, सोच र राजनीतिक संस्कृतिबीचको द्वन्द्व हो। देउवा पुरानो पुस्ताको प्रतिनिधि हुन्, जसले राजनीतिक स्थायित्वलाई पहिलो प्राथमिकता दिन्छन्। गगन नयाँ पुस्ताको आवाज हुन्, जसले उत्तरदायित्व र परिणाम खोज्छ।

यही कारण विशेष महाधिवेशनपछि काँग्रेस दुई धारमा स्पष्ट देखिएको छ: एक धार यथास्थितिमा सुरक्षित भविष्य देख्छ, अर्को धार जोखिम लिएर परिवर्तन खोज्छ।

अब काँग्रेस कुन दिशातर्फ?
विशेष महाधिवेशनले तत्काल नेतृत्व परिवर्तन त गरेन, तर देउवा-गगन शक्ति सन्तुलनलाई नयाँ मोडमा पुर्‍याएको छ। गगन थापा अब केवल महामन्त्री होइनन्, भावी नेतृत्वको स्पष्ट दावेदारका रूपमा स्थापित भएका छन्। देउवाका लागि चुनौती अझ बढेको छ; पार्टीभित्र बढ्दो परिवर्तनको मागलाई कसरी सम्बोधन गर्ने भन्ने। यदि देउवाले सुधारका एजेन्डालाई केवल कागजमै सीमित राखे भने टकराव अझ चर्किन सक्छ। तर गगन पक्षलाई समेट्दै संस्थागत सुधारतर्फ अघि बढे काँग्रेसले नयाँ ऊर्जा पाउन सक्छ।

नेपाली काँग्रेसको विशेष महाधिवेशनले एउटा कुरा स्पष्ट पारेको छ, पार्टी अब पुरानै ढाँचामा चल्न सक्दैन। देउवा र गगनबीचको टकराव कुनै क्षणिक विवाद होइन, यो काँग्रेसको भविष्यसँग जोडिएको निर्णायक संघर्ष हो। अब प्रश्न केवल कसले जित्छ भन्ने होइन, काँग्रेसले परिवर्तनको साहस गर्छ कि फेरि यथास्थितिमा हराउँछ भन्ने हो ।

Read More

अभियन्ता सुमन सायमी आज नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्दै

काठमाडौँ । अभियन्ता सुमन सायमी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने भएका छन् । 

नेकपाले सायमीलाई आज काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभामा कार्यक्रम गरेर भित्र्याउने जानकारी दिएको छ ।  नेकपाले उनलाई पोलिटब्युरो सदस्य बनाउने भएको छ । 

आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट चुनाव लड्ने तयारीमा रहेका सायमी चुनावअघि नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेका हुन् । उनी हाल राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ केन्द्रीय उपाध्यक्ष रहेका छन् । 

२०७९ को स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उठेका सायमीले  १३ हजार ७७० जना मत प्राप्त गरेका थिए । त्यस्तै पछिल्लो प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँ-८ बाट उम्मेदवार बनेर रास्वपाका विराज भक्त श्रेष्ठसँग पराजित भएका थिए । विराजले १० हजार ११२ मत प्राप्त गरेर विजयी भएका थिए भने सायमीले ६ हजार १७९ मत प्राप्त गरेका थिए ।

Read More

काँग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । यसअघि मंगलबारको बैठक बस्दै नबसी स्थगित गरेर आज बिहान ८ बजेका लागि बैठक बोलाइएको छ ।   

विशेष महाधिवेशन पक्षधरसँगको वार्तामा सहमति हुन नसकेपछि छलफल लम्बिदा केन्द्रीय समितिको १ बजेका लागि बोलाइएको बैठक मंगलबार बस्दै नबसी स्थगित भएको थियो  । 

संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीचको आज दोस्रो पटक भएको बार्ता निष्कर्षमा पुग्न सकेको छैन । 

विशेष महाधिवेशन पक्षधरले पार्टीको केन्द्रीय समितीले विशेष महाधिवेशनको अपनत्व लिने र सभापति देउवाले सक्रिय राजनीतिबाट बिदा लिनुपर्ने माग राखेका छन् । त्यस्तै भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्र मंगलबार समाप्त भएको छ भने आज नेतृत्व चयनको लागि निर्वाचन गर्ने बताइएको छ । निर्वाचन समितिले भोलि बिहान ८ बजे महाधिवेशन प्रतिनिधिहरुलाई भृकुटीमण्डपमा आउन आग्रह गरेको छ ।

Read More