२०८३ बैशाख १३

बलिवुड फिल्म धुरन्धर- २ मा कुन कलाकारले कति पारिश्रमिक पाए ?

काठमाडौँ । बलिवुडको सबै भन्दा धेरै कमाई गर्ने फिल्म बनेको धुरन्धरको सफल्तपछि अब धुरन्धर-२ रिलिजको तयारीमा रहेको छ ।

मार्च १९ मा रिलिज हुने धुरन्धर-२ मा कलाकारहरूको पारिश्रमिक सार्वजनिक भएको छ । रणवीर सिंह यस चलचित्रका मुख्य पात्रका रूपमा देखिनेछन् । उनले हमजा अली मजारिको भूमिकाका लागि सबैभन्दा बढी पारिश्रमिक लिएका छन् । जानकारीअनुसार उनले करिब ५० करोड भारु रुपैयाँ लिएका छन् ।

यसपछि दोस्रो स्थानमा सञ्जय दत्त रहेका छन् । उनले चलचित्रमा एसपी चौधरी असलमको भूमिका निर्वाह गरेका छन् र यसका लागि करिब १० करोड रुपैयाँ लिएको बताइएको छ ।

त्यस्तै चलचित्रमा अर्जुन रामपाल मेजर इकबालको भूमिकामा देखिनेछन् । उनले करिब एक करोड भारु रुपैयाँ पारिश्रमिक लिएको जनाइएको छ । यस्तै अभिनेत्री सारा अर्जुनले पनि महत्वपूर्ण भूमिका निभाएकी छन् र उनले पनि करिब एक करोड रुपैयाँ लिएकी छन्।

यसैगरी आर माधवन पुनः अजय सानयालको भूमिकामा देखिनेछन् । उनले करिब ९ करोड भारु रुपैयाँ पारिश्रमिक लिएको बताइएको छ । धुरन्धर- २ मा विशेष भूमिकामा मात्र रहेका अक्षय खन्नाले भने साढे २ करोड रुपैयाँ पारिश्रमिक लिएको बताइएको छ ।

यो चलचित्र आदित्य धरले निर्देशन गरेका हुन् । जासूसी र एक्सनप्रधान कथामा आधारित यो चलचित्र बक्सअफिसमा शानदार कमाई गर्ने अपेक्षा गरिएको छ ।

चलचित्रमा एक गोप्य जासूसको कथा देखाइएको छ, जसले कराची क्षेत्रमा काम गर्ने क्रममा विभिन्न चुनौतीको सामना गर्नेछ । यसअघि आएको पहिलो भागपछि यसको दोस्रो श्रृंखलाप्रति दर्शकमा ठूलो उत्साह देखिएको छ ।

Read More

राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाहीको उदय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन हुने निश्चित भएको छ। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट प्रत्यक्षतर्फ विजयी भएका शाही राप्रपाका एकमात्र प्रत्यक्ष निर्वाचित सांसद हुन्।

राप्रपाले समानुपातिकतर्फ चार सिट प्राप्त गरेको छ। ती सिटमा भरत गिरी, खुश्बु ओली, सरस्वती लामा र ताहिर अली प्रतिनिधित्व गर्नेछन्। यससँगै पाँच सदस्यीय संसदीय दलमा शाहीको नेतृत्व लगभग तय भएको हो।

यसपटकको संसदमा जम्मा ६ राजनीतिक दलको प्रतिनिधित्व रहनेछ भने महावीर पुन स्वतन्त्र सांसदका रूपमा रहनेछन्। प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठूलो दल बनेको छ, जसले १८२ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको छ।

त्यसपछि नेपाली कांग्रेस ३८ सिटसहित दोस्रो स्थानमा रहेको छ भने नेकपा एमाले २५ सिट र नेकपा १७ सिटसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन्। श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ तीन सिट जित्दै समानुपातिक चारसहित कुल सात सिट सुरक्षित गरेको छ।

अन्य दलहरूमा पनि संसदीय दलको नेतृत्व चयनको तयारी भइरहेको छ। एमालेले रामबहादुर थापालाई नेता बनाउने संकेत गरेको छ भने नेकपामा प्रचण्डकै निरन्तरता हुने देखिएको छ। श्रम संस्कृति पार्टीमा हर्क साम्पाङ स्वयं नेतृत्व सम्हाल्ने तयारीमा छन्।

नेपाली कांग्रेसभित्र भने संसदीय दलको नेताबारे छलफल जारी छ। वरिष्ठ नेता अर्जुननरसिंह केसीको नाम चर्चामा रहे पनि उनी समानुपातिकबाट निर्वाचित भएकाले अन्तिम निर्णय भने बाँकी नै छ।

Read More

बगदादस्थित अमेरिकी दूतावासमा विशेष प्रकारको सुरक्षा प्रणाली जडान

काठमाडौँ । इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासको सुरक्षाका लागि विशेष प्रकारको सुरक्षा प्रणाली जडान गरिएको छ ।

रकेट र मानवरहित उड्ने उपकरणबाट हुने आक्रमण रोक्न प्रयोग हुने यस प्रणालीले खतरा देखिनेबित्तिकै आकाशमै लक्ष्य नष्ट गर्न सक्छ । दूतावासतर्फ आउने वस्तुलाई तत्काल पत्ता लगाएर गोली प्रहार गरी खसाल्ने क्षमता यसमा रहेको बताइएको छ ।

यो प्रणाली अत्यन्त तीव्र गतिमा काम गर्ने भएकाले एक मिनेटमै हजारौं गोली प्रहार गर्न सक्छ । यसमा जडित संवेदकहरूले सम्भावित खतरा तुरुन्तै पहिचान गर्ने गर्छन् । प्रहार गरिएका गोली लक्ष्यमा नलागेमा हावामै नष्ट हुने व्यवस्था पनि गरिएको छ । रातको समयमा सञ्चालन हुँदा आकाशमा चम्किने रेखाजस्तो दृश्य देखिने बताइएको छ ।

उक्त प्रणाली अमेरिकी नौसेनाले प्रयोग गर्ने विशेष प्रकारको हतियार प्रविधिमा आधारित रहेको जनाइएको छ, जसलाई अन्तिम सुरक्षाका रूपमा प्रयोग गरिन्छ। शत्रुपक्षको क्षेप्यास्त्र अत्यन्त नजिक आएपछि यसले तत्काल नष्ट गर्ने क्षमता राख्छ ।

यसअघि पनि यस्तो प्रणाली प्रयोग गरी नजिक आएको क्षेप्यास्त्र खसालिएको घटना सार्वजनिक भएको थियो । अमेरिकाले यस प्रणालीलाई इराक र अफगानिस्तानमा रहेका आफ्ना संरचनाको सुरक्षाका लागि प्रयोग गर्दै आएको जनाएको छ ।

इराकको बगदादस्थित पछिल्लो समयमा इरान युद्धको समयमा इरानका साथै इराकमा रहेका अमेरिका विरोधी समुहहरुले लगातार निशाना बनाउदै आएका छन् ।

Read More

बक्यौता कर्जा तिर्न सजिलो बनाउँदै नेपाल बैंकको विशेष योजना

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्ना कर्जा ग्राहकहरूलाई लक्षित गर्दै ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्ने विशेष योजना सार्वजनिक गरेको छ।

बैंकका अनुसार यो योजना विशेषगरी ती ग्राहकहरूका लागि ल्याइएको हो, जसले विगतमा लिएको कर्जा समयमै तिर्न नसकी ‘खराब कर्जा’को श्रेणीमा पुगेका छन्। वि.सं. २०७९ चैत मसान्तअघि खराब वर्गमा वर्गीकृत भई बक्यौता सावाँ १ करोड रुपैयाँसम्म रहेका ग्राहकहरूले यो अवसर उपयोग गर्न सक्नेछन्।

उक्त योजना अन्तर्गत योग्य ग्राहकहरूले तोकिएको शर्त पूरा गरी वि.सं. २०८३ असार मसान्तभित्र कर्जा चुक्ता गर्दा ब्याजमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

त्यसैगरी, वि.सं. २०८० बैशाख १ गतेपछि निष्क्रिय वा सक्रिय अवस्थाका कर्जा ग्राहकहरूले पनि वि.सं. २०८२ चैत मसान्तभित्र आफ्नो बक्यौता रकम र ब्याज भुक्तानी गरी कर्जा नियमित वा पूर्ण रूपमा चुक्ता गरेमा ब्याज छुटको सुविधा लिन सक्नेछन्।

बैंकले यस योजनाबाट लाभ लिन इच्छुक ग्राहकहरूलाई नजिकको शाखा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ। यो योजना मार्फत ग्राहकलाई आर्थिक बोझ कम गर्दै कर्जा व्यवस्थापन सहज बनाउने लक्ष्य राखिएको बैंकले जनाएको छ।

Read More

नेप्सेमा १३.५१ अंकको वृद्धि, १२ अर्ब ३ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा वृद्धि भएको छ । आज मंगलबार नेप्से १३.५१ अंकले बढेर २८१२. ३४ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४० कम्पनिका ३ करोड ४८ लाख ५२ हजार ७६० कित्ता शेयर १२ अर्ब ३ करोड ४४ लाख ६ हजार ३२८ मा कारोबार भएको थियो । आज फाइनान्स, होटल्स, जीवन बीमा, माइक्रो फाइनान्स, निर्जीव बीमा, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज रिलायन्स स्मिनिंग मिल्स र सोलु हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सालपा विकास बैंक र होटल फरेस्ट इनको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी एनआइसी एशिया ग्रोथ फण्ड २ को शेयर ४.७४ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबैभन्दा बढी रिढी पावरको ५६ करोड ३७ लाख, अन्खु खोला जलविद्युतको शेयरमा ५१ करोड ७५ लाख बराबरको कारोबार भएको छ भने नेशनल हाइड्रोको ४८ करोड ५ लाखको कारोबार भएको छ ।

Read More

एएफसीले मलेसियालाई कारवाही गर्दै नेपाललाई बनायो विजेता

काठमाडौँ । एसियाली फुटबल महासंघ (एएफसी) ले मलेसियालाई कारवाही गर्दै नेपाल र भियतनामविरुद्धको जित उल्टाइदिएको छ ।

मलेसियाले एसिया कप छनोट अन्तर्गतका खेलमा नेपाल र भियतनामविरुद्ध सात जना खेलाडीहरूलाई नक्कली कागजातका आधारमा खेलाएको पुष्टि भएपछि एएफसीको अनुशासन र इथिक्स कमिटीले कारवाही गर्दै नेपाल र भियतनामलाई ३- ०  गोलको प्राविधिक जित दिलाएको ।

साथै कमिटीले मलेसियाको फुटबल फेडेरेसनलाई ५० हजार डलर जरीवाना समेत गरेको छ । 

यो निर्णयसँगै मलेसिया २०२७ को एसिया कप छनोटबाट आधिकारिक रूपमा बाहिरिएको छ । गत वर्ष सम्पन्न छनोट खेलमा नेपाल मलेसियासँग २–० गोल अन्तरले पराजित भएको थियो । एएफसीको यो निर्णयपछि नेपालले महत्वपूर्ण ३ अंक पाएको छ । यद्यपी नेपाल दोस्रो चरणमा छनौट हुने सम्भावना भने रहेको छैन । नेपाल रहेको समुह ‘एफ’ बाट भियतनाम १५ अंकसहित शीर्ष स्थानमा रहँदै अर्को चरणका लागि छनोट भइसकेको छ।

नेपालले यस समुहमा अन्तिम खेल आगामी चैत १७ गते लाओससँग खेल्ने तालिका रहेको छ ।

Read More

ट्रम्पको चीन भ्रमण एक महिना पछि सर्ने

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धका कारण आफ्नो चीन भ्रमण सार्ने योजना बनाएका छन् ।

ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले मार्च अन्त्यतिर हुने तय भएको भ्रमण करिब एक महिनाका लागि स्थगित गर्न अनुरोध गरिएको बताएका छन् । युद्धका कारण आफू देशमै रहन आवश्यक भएको उनको भनाइ छ ।

ट्रम्प र शी चिनफिङ बीचको भेट ३१ मार्चदेखि २ अप्रिलसम्मका लागि तय गरिएको थियो । यी दुई नेताबीच पछिल्लो प्रत्यक्ष भेट गत वर्ष अक्टोबरमा भएको थियो ।

इरानसँगको युद्धले ट्रम्पको विदेश नीतिका अन्य प्राथमिकतालाई पछाडि धकेलेको बताइएको छ । साथै द्वन्द्व चर्किँदै जाँदा विश्वव्यापी रूपमा तेल आपूर्तिमा असर परेको र अमेरिकामा इन्धन मूल्य बढ्ने जोखिम पनि देखिएको छ ।

Read More

चौरजहारी नगरका प्रमुखविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूकुम (पश्चिम) को चौरजहारी नगरपालिकामा घुस प्रकरणमा आरोपपत्र दायर गरेको छ ।

आयोगका अनुसार नगर प्रमुख पुष्प वादीले असिस्टेन्ट सब-इन्जिनियर पदमा कार्यरत मोहन शाहसँग सेवा करार म्याद थप गरिदिने नाममा एक लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ ।

अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७९/८० मा शाहले नगर प्रमुखको बैंक खातामा एक लाख रुपैयाँ जम्मा गरेपछि मात्रै करार म्याद थप गरिएको तथ्य फेला परेको आयोगले जनाएको छ । पछि पुनः म्याद थपका लागि रकम माग्दा उपलब्ध गराउन नसकेपछि उनको करार नवीकरण नगरी हटाइएको पनि अनुसन्धानमा खुलेको अख्तियारले जनाएको छ ।

आयोगले उक्त कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर ठहर गर्दै नगर प्रमुखवादीविरुद्ध कैद, जरिवाना तथा घुस रकम जफत गर्न मागदाबी लिएको छ । साथै पदमा बहाल रहेको आधारमा थप सजायको माग पनि गरिएको छ ।

यस्तै, घुस दिएको अभियोगमा मोहन शाहविरुद्ध पनि सोही ऐनअनुसार कारबाहीको माग गर्दै बिगो एक लाख रुपैयाँ कायम गरी कैद र जरिवानासहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगले दुवै जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दर्ता गरेको जानकारी दिएको छ ।

Read More

पितृशोकमा रहेका ओलीलाई भेट्न पुगे उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पितृ शोकमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । 

मंगलबार ओली निवास गुण्डु पुगेर उपराष्ट्रपति यादवले अध्यक्ष ओलीका पिताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदन व्यक्त गरेका हुन् ।

ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो ।

Read More

सडक प्रयोगकै आधारमा ढुवानीमा शुल्क उठाउनु अनुचित- आशिका तामाङ

धादिङ । धादिङ–१ बाट निर्वाचित सांसद आशिका तामाङले सडक प्रयोगकै आधारमा ढुवानीमा शुल्क उठाउनु अनुचित भएको बताएकी छन् ।

उनले यस्तो शुल्क उठाउने व्यवस्था कति न्यायोचित हो भन्ने प्रश्न उठाउँदै अबदेखि मलेखुबाट ताल्तीसम्म जाने कुनै पनि सवारी साधनले शुल्क तिर्नु नपर्ने घोषणा गरेकी छन् ।

सांसद तामाङले यसबारे सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिँदै यदि कसैले अवैध रूपमा शुल्क उठाएको पाइएमा कारबाहीको दायरामा ल्याइने चेतावनी पनि दिएकी छन् ।

उनले भनेकी छन्- ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कहाँ सम्म न्यायचित हो ? आज बाट मलेखु बाट ताल्ती सम्म जाने कुनै पनि सवारी साधन ले शुल्क तिर्नु पर्ने छैन, मैले सम्बन्धित निकाय मा निर्देशन दिइसकेको जानकारी गराउछु र कसैले उठाएको थाहा पाएमा कारबाहीको दायरामा ल्याउने जानकारी गराउछु ।’

Read More