२०८३ बैशाख १३

पोखरा महानगर क्षेत्रको फोहोर व्यवस्थापन सुचारु

काठमाडौँ  । लामो समय अवरुद्ध रहेको पोखरा महानगर क्षेत्रको फोहोर व्यवस्थापन सुचारु भएको छ । 

विगत करिब दुई महिनादेखि नै महानगरपालिकाको फोहोर संकलन अवरुद्ध भएकोमा अब समस्या समाधान गरेर सुचारु भएको नगर प्रमुख धनराज आचार्यले जानकारी दिएका छन् । उनले निरन्तरको प्रयासले तत्काललाई यो समस्या समाधान भएको जानकारी दिदै सार्वजनिक सरोकारको विषयमा निरन्तर चासो राख्न र फोहोर व्यवस्थापन जस्तो संवेदनशील कार्यमा अवरोध नगर्न आग्रह गरेका छन् । उनले फोहोर संकलन गर्ने गाडी आएपछि मात्र फोहोर विसर्जन गर्न र सभ्यता र अनुशासन मार्फत मानवीयता प्रस्तुत गर्न नगरबासीलाई अपिल समेत गरेका छन् ।

पोखरा महानगरपालिका–३३ मा फोहोर व्यबस्थापनका लागि प्रस्ताव गरिएको ल्याण्डफिल साइटको विषयमा भएको विवाद बढ्दै गएपछि फोहोर संकलन गत माघ महिना देखि अवरुद्ध रहेको थियो । 

पोखरा महानगरपालिकाले पोखरा–३३ पुँडिटारमा ल्याण्डफिल साइट बनाउने उद्देश्यले मंसिर २ गते टेरासोल्भ रिन्युवल नेपाल प्रालिसँग सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा सम्झौता गरेको थियो । सम्झौताअनुसार कम्पनीले ८० करोड लगानी गरी २१ वर्षसम्म ल्याण्डफिल साइट व्यवस्थापन तथा प्रशोधन केन्द्र निर्माण गर्ने बताइएको छ ।

२६ महिनाभित्र प्रशोधन केन्द्र निर्माण गरिसक्ने र महानगरले ३० दिनभित्र जग्गा उपलब्ध गराउने सम्झौतामा उल्लेख गरिएको छ । परियोजनाअन्तर्गत स्थानीय १७ परिवारको नाममा लालपूर्जा भएको करिब ९६ रोपनी जग्गा महानगरले रोक्का गरेको छ । तर स्थानीयबासीले आफूहरूसँग कुनै सरसल्लाह नगरी परियोजना अघि बढाइएको भन्दै विरोध गरेका थिए ।

Read More

नयाँ प्रधानमन्त्री कहिले ? प्रक्रियामा तीव्रता, बालेनको पुरानो अभिव्यक्ति फेरि चर्चामा

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथग्रहणसँगै देशमा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने भएको छ। सङ्घीय संसद् सचिवालयले यसै साताभित्र सांसदहरूको शपथ कार्यक्रम सम्पन्न गर्ने तयारी गरेको जनाएको छ।

निर्वाचन आयोगले भोलि अपराह्न राष्ट्रपतिसमक्ष अन्तिम निर्वाचन प्रतिवेदन बुझाउने कार्यक्रम तय गरेको छ। सो प्रतिवेदन पेश भएपछि राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान गरिनेछ र त्यसपछि शपथग्रहणको मिति सार्वजनिक हुनेछ।

संवैधानिक व्यवस्था अनुसार सबैभन्दा पहिले प्रतिनिधिसभाका ज्येष्ठ सदस्यले शपथ लिनेछन्। त्यसपछि उनै ज्येष्ठ सदस्यले अन्य नवनिर्वाचित सांसदहरूलाई शपथ गराउनेछन्। शपथग्रहण सम्पन्न भएसँगै मात्रै सांसदहरूले औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हाल्न पाउनेछन्।

संसद् सञ्चालनको प्रारम्भिक प्रक्रिया पूरा भएपछि सरकार गठनतर्फको ध्यान केन्द्रित हुनेछ। संविधानको धारा ७६ (१) अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलको संसदीय दलका नेता प्रधानमन्त्री नियुक्त हुने प्रावधान छ।

यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुमत हासिल गरेपछि सोही दलका संसदीय नेता नयाँ प्रधानमन्त्री बन्ने लगभग निश्चित देखिएको छ।

यस्तै, काठमाडौं महानगरका प्रमुख बालेन शाहले माघ ५ गते जनकपुरमा दिएको अभिव्यक्ति अहिले पुनः चर्चामा आएको छ। उनले त्यतिबेला ‘अब मधेशको युवक प्रधानमन्त्री बन्ने’ संकेत गरेका थिए, जुन वर्तमान राजनीतिक अवस्थासँग जोडेर व्याख्या गर्न थालिएको छ।

संवैधानिक समयसीमा अनुसार अन्तिम परिणाम घोषणा भएको ३५ दिनभित्र प्रधानमन्त्री नियुक्त गरिसक्नुपर्ने हुन्छ। स्रोतहरूका अनुसार चैत ९ गते नयाँ प्रधानमन्त्रीको शपथ हुने सम्भावना उच्च रहेको छ।

Read More

इरानले पुष्टि गर्यो आफ्ना सुरक्षा प्रमुख लारिजानीको मृत्यु

काठमाडौँ । अमेरिका, इजरायल र इरानबीच जारी रहदा इजरायलको आक्रमणमा इरानका सुरक्षा प्रमुख अली लारिजानी र उनका छोराको मृत्यु भएको पुष्टि भएको छ ।

इरानको इस्लामिक क्रान्तिकारी गार्डले  लारिजानीको मृत्युको पुष्टि गर्दै त्यसको बदला लिन इजरायलको राजधानी तेल अवीवमा सयभन्दा बढी स्थानमा क्षेप्यास्त्र प्रहार गरिएको जनाएको छ ।

यसअघि मंगलबार इजरायलले लारिजानीको मृत्यु भएको दाबी गरेको थियो । लारिजानी अमेरिका- इजरायलको आक्रमणमा मारिने पछिल्लो हाइप्रोफाइल अधिकारी हुन् । 

इरानका अनुसार लारिजानी, उनका छोरा तथा बसीज अर्धसैनिक बलका कमाण्डर घोलामरेजा सुलेमानीको हत्या भएको घटनाको प्रतिशोधस्वरूप हमला गरिएको हो । इरानले आफ्नो आक्रमण रोक्न इजरायलको सुरक्षा प्रणाली असफल भएको दाबी गरेको छ ।

यता इजरायलले भने आक्रमणका क्रममा खसेका क्षेप्यास्त्रका टुक्रा लागेर एक महिलाको मृत्यु भएको जनाएको छ ।

यसैबीच इरानको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा चर्चा सुरु भएको छ । सम्भावित नेताका रूपमा केही नामहरू अगाडि आएका छन् । जसमा सुरक्षा तथा सैनिक क्षेत्रमा अनुभव भएका अहमद वाहिदी, संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफ र कुद्स फोर्सका प्रमुख इस्माइल कानी पनि महत्वपूर्ण व्यक्तिका रूपमा अगाडि आएको मिडिया रिपोर्टमा उल्लेख छ ।

Read More

रास्वपा सभापति लामिछानेको आज बिशेष सम्बोधन, वरिष्ठ नेता बालेन पनि मञ्चमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा आयोजित अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन आज पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरका प्रमुख बालेन शाह सहभागी हुने भएका छन्। हिजो उद्घाटन सत्रमा अनुपस्थित रहेका यी दुई नेताको आजको कार्यक्रममा उपस्थिति रहने जानकारी पार्टीले दिएको हो।

ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा मंगलबारदेखि सुरु भएको कार्यक्रममा पहिलो दिन उपसभापतिद्वय स्वर्णिम वाग्ले र डीपी अर्यालले उद्घाटन गरेका थिए। तर, प्रमुख नेतृत्वको अपेक्षा गरिएका लामिछाने र शाह भने सो सत्रमा देखिएका थिएनन्।

पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार आजको कार्यशालामा लामिछानेको सम्बोधन समेत रहनेछ। उपसभापति अर्यालले पनि हिजो स्वास्थ्य अवस्था र व्यस्तताका कारण दुवै नेता सहभागी हुन नसकेको स्पष्ट पार्दै आज उनीहरू उपस्थित हुने सम्भावना उच्च रहेको बताए।

यद्यपि, सार्वजनिक गरिएको आधिकारिक तालिकामा भने बालेन शाहको सहभागिताबारे स्पष्ट उल्लेख गरिएको छैन।

Read More

मध्यपूर्व तनावको असर नेपालमा, पेट्रोलियममा सहुलियत दिन पौडेलको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रण गर्न सरकारसँग तत्काल सहुलियत उपलब्ध गराउन आग्रह गरेका छन्। उनले मध्यपूर्व क्षेत्रमा बढ्दो द्वन्द्वले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य चर्किँदै गएको र त्यसको प्रत्यक्ष असर नेपालमा पर्न थालेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो सन्देशमा उनले पछिल्ला घटनाक्रमले दैनिक जीवनमा खर्चको भार बढाएको उल्लेख गर्दै पेट्रोलियमको मूल्यवृद्धिले समग्र बजारमा महँगी थप चुलिने जोखिम रहेको औंल्याए। मोटरसाइकल प्रयोग गर्नेदेखि घरको अत्यावश्यक सामग्री किन्नेसम्म सबै वर्ग प्रभावित हुने उनले बताएका छन्।

पौडेलका अनुसार, पेट्रोलियमको मूल्यलाई बहाना बनाएर अन्य वस्तु तथा सेवामा अनावश्यक मूल्यवृद्धि हुने सम्भावना बढेको छ। यस्तो अवस्थालाई नियन्त्रण गर्न सरकारले समयमै हस्तक्षेप गर्नुपर्ने उनको जोड छ।

उनले दीर्घकालीन समाधानका रूपमा वैकल्पिक ऊर्जामा आधारित सवारी साधनलाई प्रोत्साहन गर्नुपर्ने धारणा राख्दै पेट्रोलियममाथिको निर्भरता घटाउने उपायहरूलाई प्राथमिकता दिन आग्रह गरे।

साथै, बजारमा हुन सक्ने कालोबजारी र कृत्रिम अभाव रोक्न प्रभावकारी अनुगमन आवश्यक रहेको उल्लेख गर्दै मूल्यवृद्धिको असरबाट सर्वसाधारणलाई जोगाउन ठोस कदम चाल्न उनले सरकारलाई सचेत गराएका छन्।

Read More

एनआरएनएमा सबै पदाधिकारी निर्विरोध निर्वाचित

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। संघको अध्यक्षमा डा. हेमराज शर्मा (यूके) सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। त्यस्तै वरिष्ठ उपाध्यक्षमा रोबिन प्रसाद शेरचन (जापान) निर्विरोध निर्वाचित भएका छन्।

उपाध्यक्ष पदमा ), रोशन थापा (जाम्बिया)बुद्धि सुबेदी (अमेरिका), चिन्ता मणि सापकोटा (स्पेन), ददिवाल खड्का (जापान), दिनेश पोखरेल (अष्ट्रेलिया), गोपीकृष्ण काफ्ले (क्यानडा), डा. ज्ञानेन्द्र रेग्मी (अष्ट्रेलिया), जुनु गुरुङ (दक्षिण कोरिया), कमल मणि गुरागाईं (कतार), खगेन्द्र न्यौपाने (मलेसिया), लोक प्रसाद दाहाल (बेल्जियम), महेन्द्र ओली (अष्ट्रेलिया), मनोज कुमार श्रेष्ठ (यूएई), प्रबिन गुरुङ (कतार), पूर्णचन्द्र बनियाँ (अमेरिका), रबिनराज बज्राचार्य (अमेरिका), रामशरण सिम्खडा (यूके), रोजिना प्रधान राई (यूके र टंकप्रसाद गैरे (जापान) तिलक गैरे(पोर्तुगल, बिश्व दीप तिगिला (यूके), सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।

महिला उपाध्यक्षमा राधिका गुरुङ (हङकङ) तथा युवा उपाध्यक्षमा भीमसेन थापा (पोर्चुगल) निर्विरोध चयन भएका छन् । महासचिवमा डा. चिरञ्जीवी खड्का (चेक गणतन्त्र) निर्विरोध हुँदा उपमहासचिवमा अनुजा प्रधान (बेल्जियम), बेदराज बस्नेत (अमेरिका), दिनेश कुमार घिमिरे (यूके), पारसमणि पोखरेल (जापान), राजेन्द्र अर्याल (साउदी अरेबिया), स्वतन्त्र प्रताप शाह (अष्ट्रेलिया) निर्विरोध निर्वाचित भएका छन्।

सचिव पदमा अभिमन्यु बस्नेत (क्यानडा), दीपेश खत्री (जर्मनी), मदनराज पौडेल (अष्ट्रेलिया), माधव दुलाल (क्यानडा), मोहम्मद मुक्तदा मु (कतार), प्रसुना कडेल (यूके), शिवप्रसाद पौडेल (जापान), सुजन अधिकारी (अष्ट्रेलिया), सुजन केसी खत्री (कुवेत), सुपेन्द्र घिसिङ (जापान)  यज्ञनारायण पौडेल (स्पेन) (यूके), भवानी  प्रसाद तिमल्सिना (युएई), रमेश भट्ट (कतार)सर्वसम्मत रूपमा चयन भएका छन्।

महिला सचिवमा अमृता थापा (चीन), कोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सेना (यूके), सह-कोषाध्यक्षमा अब्दुल बासिद (कतार)बिमल सुबेदी (कतार)  तथा महिला सह-कोषाध्यक्षमा गंगा खतिवडा (दक्षिण कोरिया) निर्विरोध निर्वाचित भएका छन् । महिला संयोजकमा रश्मी थापा (क्यानडा) र युवा संयोजकमा नवीन निउरे (जापान) निर्विरोध भएका छन्।

क्षेत्रीय संयोजकहरूतर्फ अफ्रिकामा मनोज बी.के. (सेशेल्स), अमेरिकामा भुवन खरेल (क्यानडा), एसिया–प्रशान्तमा दीपक प्रसाद कँडेल (जापान), युरोपमा रोबोट लिम्बु (पोर्चुगल), मध्यपूर्वमा रमेश श्रेष्ठ (यूएई) र ओसियानियामा रमेश जोशी (अष्ट्रेलिया) सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । त्यसैगरी अमेरिका क्षेत्रको उप-क्षेत्रीय संयोजक पदमा नेत्र पाण्डे र सम्राट थापा सर्वसम्मत रूपमा विजयी भएका छन् । यसैगरी, एशिया प्यासिफिक क्षेत्रको उप-क्षेत्रीय संयोजक पदमा भविन्द्र बस्नेत (थाइल्याण्ड), छत्र बहादुर दाहाल (जापान) र लाल सिंह खड्का (कम्बोडिया) सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । युरोप क्षेत्रका उप-क्षेत्रीय संयोजक पदमा बेलायतका तिलक राम भट्टराई सर्वसम्मत रूपमा चयन भएक छन् ।

मध्यपूर्व क्षेत्रका उप-क्षेत्रीय संयोजकमा ओमनका बिकाल झा, यूएईका  बिकास शाही र विष्णु लाल श्रेष्ठ, साथै कतारका करिम बक्स मिया सर्वसम्मत निर्वाचित भएका छन् । ओसियाना क्षेत्रका उप-क्षेत्रीय संयोजकमा अष्ट्रेलियाका छबी प्रसाद सापकोटा, सीके भुसाल र हेमन्त काफ्ले निर्वाचित भएका छन्। एशिया प्यासिफिक, युरोप, मध्यपूर्वका अफ्रिका, अमेरिका र ओसियनिया क्षेत्रमा महिला संयोजक पदका उम्मेदवारहरूमा संगीता अधिकारी (जापान), बाबा (राजेश्वरी) थापा (अस्ट्रिया), सरिता भण्डारी (कतार) लगायतका निर्वाचित भएका छन्।

उप-क्षेत्रीय महिला संयोजकमा युरोपका लागि राधा सिग्देल (जर्मनी) र मध्यपूर्वका लागि मञ्जु मल्ल (यूएई) निर्विरोध  भएका छन्। एशिया प्यासिफिक उप-क्षेत्रीय युवा संयोजकमा राम थापा (जापान),यूरोप  उप-क्षेत्रीय युवा संयोजक शिव सागर बुढाथोकी (पुर्तुगल) र मध्य पूर्वमा सुजन सापकोटा (यूएई) तथा उप-क्षेत्रीय युवा संयोजकमा ओमन गौचन (यूके) र बासुदेव सापकोटा (साउदी अरेबिया) निर्विरोध भएका छन्। त्यसैगरी, दोस्रो पुस्ताका संयोजकमा दीपमाला ढकाल (हङकङ) निर्विरोध निर्वाचित भएकी छन्।

अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) अन्तर्गत प्रवक्ता  पदमा सोम  सापकोटा सर्वसम्मत रूपमा मनोनित  भएका छन् ।

Read More

स्पाइडर म्यानको नयाँ सिरिज ‘ब्रान्ड न्यू डे’ को पहिलो मोशन पोस्टर सार्बजनिक

काठमाडौँ । लोकप्रिय सुपरहिरो पात्र स्पाइडर म्यानका प्रशंसकका लागि नयाँ फिल्मबारे राम्रो खबर आएको छ । स्पाइडर म्यानको नयाँ सिरिज ‘ब्रान्ड न्यू डे’ नाम दिइएको फिल्मको पहिलो मोशन पोस्टर सार्वजनिक गरिएको छ ।

मोशन पोस्टरमा टम होल्यान्डले अभिनय गरेको स्पाइडर म्यानलाई एक्सन दृश्यमा देखाइएको छ । यसपटकका दृश्यहरू अघिल्ला फिल्महरूको तुलनामा बढी गम्भीर र तीव्र देखिएका छन् । पोस्टरको सुरुआत पुनर्जन्मको संकेतबाट गरिएको छ, जसले अघिल्लो कथापछि पात्रको यात्रामा नयाँ मोड आउने संकेत गर्छ । फिल्मको ट्रेलर आगामी १८ मार्चमा सार्वजनिक हुने बताइएको छ । यो फिल्मको निर्देशन डेस्टिन डेनियल क्रेटनले गरेका हुन् । यसअघि सिरिजका फिल्महरू जोन वाट्सले निर्देशन गरेका थिए ।

घोषणाअघि सामाजिक सञ्जालमा फिल्मसँग सम्बन्धित साना दृश्यहरू सार्वजनिक भई चर्चामा आएका थिए, जसले दर्शकको उत्साह झन् बढाएको थियो । अब दर्शकहरू ट्रेलरको प्रतीक्षामा छन् ।

यो फिल्म स्पाइडर म्यानको रूपमा टम होल्यान्डको चौथो एकल फिल्म हुनेछ भने यो पात्रको रूपमा उनको सातौं उपस्थितिसमेत हुने बताइएको छ । अघिल्लो फिल्म स्पाइडर-म्यान: नो वे होम निकै सफल बनेको थियो । सोनी पिक्चर्सको सहयोगमा निर्माण गरिएको यो फिल्म आगामी जुलाई ३१ मा प्रदर्शनमा आउने तयारी छ ।

Read More

अफ्रिका कप अफ नेशन्सको उपाधि सेनेगलबाट खोसेर मोरक्कोलाई विजेता घोषणा

काठमाडौँ । अफ्रिकी फुटबल महासंघले अफ्रिका कप अफ नेशन्सको उपाधि सेनेगलबाट खोसेर मोरक्कोलाई विजेता घोषणा गरेको छ ।

फाइनल खेलको नतिजा उल्ट्याउँदै महासंघले सेनेगलले नियम उल्लंघन गरेको ठहर गर्दै खेल ३-० ले मोरक्कोको पक्षमा मान्य हुने निर्णय गरेको हो ।

यसअघि १८ जनवरीमा भएको फाइनलमा सेनेगलले मोरक्कोलाई अतिरिक्त समयमा १-० ले हराएको थियो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको अन्त्यतिर पाएको पेनाल्टीको निर्णयलाई लिएर सेनेगलका खेलाडीले मैदान छाडेका थिए ।

करिब १७ मिनेटपछि खेलाडीहरू मैदानमा फर्किए पनि त्यसले विवाद समाधान गर्न सकेन । पेनाल्टी प्रहार रोकिएपछि अतिरिक्त समयमा सेनेगलले निर्णायक गोल गर्दै जित निकालेको थियो ।

तर मोरक्को फुटबल महासंघले नियमअनुसार कारबाहीको माग गर्दै दिएको निवेदनपछि अफ्रिकी फुटबल महासंघले उक्त नतिजा उल्ट्याएको हो ।

महासंघका अनुसार खेलका क्रममा मैदान छाड्नु प्रतियोगिताको नियमविपरीत भएकाले सेनेगललाई पराजित घोषित गरिएको हो । नियमअनुसार खेल त्याग्ने टोली स्वतः पराजित मानिन्छ र ३-० को नतिजा लागु हुन्छ ।

मोरक्को फुटबल महासंघले आफ्नो अपिल खेलको नतिजा बदल्न नभई नियम कार्यान्वयन गराउनका लागि गरिएको जनाएको छ । साथै प्रतियोगितामा सहभागी सबै राष्ट्रको प्रशंसा पनि गरेको छ ।

फाइनल खेल निकै विवादास्पद बनेको थियो । अन्तिम समयमा दिइएको पेनाल्टीको निर्णयप्रति असन्तुष्ट हुँदै सेनेगलका प्रशिक्षकले खेलाडीलाई मैदानबाट बाहिर बोलाएका थिए । पछि खेल पुनः सुरु भए पनि घटनाले व्यापक आलोचना निम्त्याएको थियो । फुटबल जगतका विभिन्न व्यक्तिहरूले उक्त घटनालाई निन्दनीय भन्दै टिप्पणी गरेका थिए ।

Read More

आर्सनल र पीएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौँ । आर्सनल र पीएसजी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन् ।

गएराती सम्पन्न राउण्ड १६ को खेलका दोस्रो लिगमा आर्सनलले जर्मनी क्लब बायर लिभरकुसनलाई २-० गोल अन्तरले पराजित गर्दै समग्रमा ३-१ को जितसहित क्वाटरफाइनलमा पुगेको हो । आर्सनलले पहिलो लिगमा १-१ को बराबरीमा रोकिएको थियो । आर्सनलको जितमा एबेरेची इजी र डेक्लान राइसले एक एक गोल गरेका थिए । अब आर्सनल क्वाटरफाइनलमा पोर्चुगीच क्लब स्पोर्टिंगसँग खेल्ने भएको छ ।

त्यसैगरी गएराती नै सम्पन्न खेलमा फ्रेन्च क्लब पिएसजीले चेल्सीलाई ३-० गोल अन्तरले पराजित गर्दै समग्रमा ८-२ नतिजासहित क्वाटरफाइनलमा पुगेको छ । पिएसजीले पहिलो लिगमा चेल्सीलाई ५-२ ले पराजित गरेको थियो । यस खेलमा पीएसजीको जितमा ख्भीचा क्भारस्खेलिया, ब्राडली बर्कोला र सेन्नी मायुलुले एक एक गोल गरेका थिए । पिएसजीले अब क्वाटरफाइनलमा लिभरपुल र गालाटासारेबीचको विजेतासँग खेल्ने छ ।      

Read More

रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौँ । रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा म्यानचेस्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिडले समग्रमा ५-१ को नतिजासहित क्वाटरफाइनलमा स्थान बनाएको हो । यस अघि राउण्ड १६ को पहिलो लिगमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ३-० गोल अन्तरले पराजित गरेको थियो ।

यस खेलमा रियल म्याड्रिडका लागि भिनिसियस जुनियरले दुवै गोल गरेका थिए भने म्यानचेस्टर सिटीका लागि एक गोल इर्लिंग हालाण्डले गरेका थिए ।

त्यसैगरी यस खेलमा खेलको २०औं मिनेटमा नै ब्रेनार्डो सिल्भाले रातो कार्ड पाएपछि म्यानचेस्टर सिटी १० खेलाडीमा सिमित भएको थियो ।

अब क्वाटरफाइनलमा रियल म्याड्रिड एटलान्टा र बायर्नम्युनिखवीचको विजेतासँग खेल्ने छ । 

त्यस्तै पोचुगीच क्लब स्पोर्टिंग पनि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । गएराती बोडोलाई ५-० गोल अन्तरले पराजित गर्दै समग्रमा ५-३ को नतिजासहित स्पोर्टिंग क्वाटरफाइनलमा पुगेको हो । अब क्वाटरफाइनलमा स्पोर्टिंग आर्सनलसँग खेल्ने भएको छ ।

Read More