२०८३ बैशाख १५

तेल कम्पनीहरुले २०२६ मा प्रत्येक सेकेन्ड करिब ३ हजार डलर कमाउदै !

काठमाडौँ । विश्वका छ प्रमुख ठूला इन्धन कम्पनीहरूले सन् २०२६ मा प्रत्येक सेकेन्ड करिब २९६७ अमेरिकी डलर नाफा कमाउने अनुमान गरिएको छ । यो तथ्य अक्सफामले सार्वजनिक गरेको नयाँ अध्ययनमा उल्लेख गरिएको हो ।

अक्सफामका अनुसार शेभरोन, शेल, बीपी, कोनोकोफिलिप्स, एक्सनमोबिल र टोटलएनर्जीज जस्ता कम्पनीहरूको २०२६ को कुल नाफा करिब ९४ अर्ब डलर पुग्न सक्छ । यो रकमले अफ्रिकामा करिब ५ करोड मानिसको घरायसी ऊर्जा आवश्यकताका लागि सौर्य ऊर्जा उपलब्ध गराउन पर्याप्त हुने बताइएको छ ।

अध्ययनले यी कम्पनीहरूको नाफा सन् २०२५ को तुलनामा दैनिक करिब ३ करोड ७० लाख डलरले बढी हुनेछ ।

र बढ्दो तनावबीच गरिएको अर्को सर्वेक्षणमा धेरै देशका नागरिकहरूले जीवाश्म इन्धन उत्खनन बढाउनु भन्दा नवीकरणीय ऊर्जामा सरकारको लगानी बढाउनुपर्ने पक्षमा तीन गुणा बढी समर्थन जनाएका छन् । करिब ६८ प्रतिशत नागरिकले ठूला तेल तथा ग्यास कम्पनीको नाफामा कर लगाएर स्वच्छ ऊर्जामा लगानी गर्नुपर्ने बताएका छन् ।

यसैबीच, विश्वभर ऊर्जा अभाव र राजनीतिक अस्थिरताका कारण सामान्य नागरिकको जीवनयापन झन् कठिन हुँदै गएको प्रतिवेदनमा उल्लेख छ । अर्कोतर्फ धनी वर्गको सम्पत्ति तीव्र रूपमा बढ्दै जाँदा आम मानिस आर्थिक दबाबमा परिरहेका छन्।

अक्सफामले जीवाश्म इन्धनबाट हुने ठूलो नाफा मुख्यतया विश्वका धनी एक प्रतिशतको हातमा पुगिरहेको छ, जसले जलवायु संकटलाई अझ गहिरो बनाइरहेको दाबि गरिएको छ ।

अक्सफामकी जलवायु नीति प्रमुख मारियाना पाओलीले धनी प्रदूषकहरूलाई कर लगाएर मात्र न्यायपूर्ण ऊर्जा संक्रमण सम्भव हुने बताएकी छन् । उनका अनुसार आगामी सम्मेलनमा सरकारहरूले यही दिशामा ठोस कदम चाल्नुपर्नेछ ।

यसैबीच केही ठूला तेल कम्पनीहरूले नवीकरणीय ऊर्जामा लगानी घटाइरहेको पनि रिपोर्टमा उल्लेख छ । अक्सफामले आगामी सम्मेलनमा सरकारहरूलाई जलवायु वित्त बढाउन, धनी तथा प्रदूषक कम्पनीमाथि कर लगाउन, ऋण राहत तथा न्यायपूर्ण ऊर्जा संक्रमणको स्पष्ट मार्गचित्र बनाउन आग्रह गरेको छ ।

Read More

जुबानजिक विमान दुर्घटना: चालकसहित १४ जनाको मृत्यु

काठमाडौं । दक्षिण सुडानको राजधानी जुबा नजिकै भएको विमान दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु भएको छ। मृतकमध्ये १२ जना दक्षिण सुडानी र दुई जना केन्याली नागरिक रहेका छन्।

दक्षिण सुडानी नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त विमान जुबा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको केही समयमै राजधानीबाट करिब २० किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको हो। विमान ग्रिनविच समयअनुसार बिहान ७ः१५ बजे उडेको जनाइएको छ।

प्रारम्भिक अनुसन्धानले प्रतिकूल मौसम र कम दृश्यता दुर्घटनाको प्रमुख कारण भएको संकेत गरेको छ। उद्धारमा संलग्न संयुक्त राष्ट्रसङ्घका एक सदस्यका अनुसार दुर्घटनास्थलमा पुगेको टोलीले विमानमा सवार सबै यात्रुको शव जलेको अवस्थामा फेला पारेको थियो, जसका कारण पहिचान गर्न कठिन भएको बताइएको छ।

दक्षिण सुडानमा अस्थिरता, द्वन्द्व र कमजोर पूर्वाधारका कारण हवाई सुरक्षामा चुनौती रहँदै आएको छ। विगतमा पनि त्यहाँ बारम्बार यस्ता दुर्घटनाहरू हुने गरेका छन्। सन् २०२५ को जनवरीमा उत्तरी क्षेत्रमा भएको एक विमान दुर्घटनामा २० जनाको मृत्यु भएको थियो भने सन् २०२१ मा विश्व खाद्य कार्यक्रमका लागि इन्धन बोकेको कार्गो विमान दुर्घटनामा पाँच जनाको ज्यान गएको थियो।

त्यस्तै, सन् २०१५ मा सोभियतकालीन एन्टोनोभ विमान जुबामै दुर्घटनाग्रस्त हुँदा ३६ जनाको मृत्यु भएको थियो। सन् २०१७ मा भएको अर्को घटनामा विमान धावनमार्गबाट चिप्लिएर बाहिरिए पनि विमानमा सवार सबै ३७ जना सकुशल बाँच्न सफल भएका थिए।

Read More

मन्त्री सीता बादीको प्रतिबद्धता: नातावाद र भ्रष्टाचारविरुद्ध कडाइ, सुशासनमा जोड

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीले नातावाद, भनसुन, भ्रष्टाचार तथा कानुनविपरीतका गतिविधिमा संलग्न नहुने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले करिब पाँच सातादेखि वहन गरिरहेको सार्वजनिक जिम्मेवारीलाई जनताको विश्वाससँग जोडिएको उल्लेख गरेकी छन्।

मन्त्री बादीले नातागोता, सम्बन्ध वा व्यक्तिगत चिनजानका आधारमा जागिर दिलाउने, नियुक्ति गर्ने तथा स्वार्थअनुकूल सरुवा–बढुवा मिलाउने कार्यमा आफू संलग्न नहुने स्पष्ट पारेकी छन्। साथै, कानुनविपरीत भनसुन गर्ने, शक्तिको दुरुपयोग गर्ने वा गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिलाई संरक्षण गर्ने कार्यबाट टाढा रहने उनको भनाइ छ।

उनले लागूऔषध, ठगी, जालसाजी, कुटपिट तथा तस्करीजस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कुनै पनि अवस्थामा संरक्षण नगर्ने र घुस, कमिसन वा भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न नहुने प्रतिबद्धता दोहोर्‍याएकी छन्।

मन्त्री बादीले महिला, दलित, बालबालिका, ज्येष्ठ नागरिक, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति लगायत सीमान्तीकृत समुदायमाथि हुने हिंसा र अन्यायविरुद्ध सशक्त रूपमा उभिने बताएकी छन्।

यसैगरी, उनले राज्यका स्रोत–साधनको दुरुपयोग नगर्ने, सेवा प्रवाहमा भनसुन वा सिफारिस स्वीकार नगर्ने तथा मन्त्रीका रूपमा अनावश्यक सुविधा—जस्तै सरकारी आवास, घरभाडा वा कूटनीतिक राहदानी—नलिने स्पष्ट पारेकी छन्।

‘भोट दिएको आधारमा कुनै दबाब वा प्रभावमा नपरी सबै नागरिकलाई समान रूपमा सेवा गर्नेछु,’ उनले उल्लेख गरेकी छन्। साथै, नागरिकका समस्या र आपत्कालीन अवस्थाहरूमा सम्भव भएसम्म व्यक्तिगत रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले सुशासन नागरिकको सचेत सहभागिता र सामूहिक प्रयासबाट मात्र सम्भव हुने धारणा व्यक्त गरेकी छन्।

मन्त्री बादीले नियमको सम्मान, न्यायको पक्षमा उभिने र व्यक्तिगत स्वार्थभन्दा समाजको हितलाई प्राथमिकता दिन सबैलाई आह्वान गर्दै सुशासनको अभियानमा सहकार्य गर्न आग्रह गरेकी छन्।

Read More

देउवा समूहको दुईदिने भेला आजदेखि, आगामी रणनीति र महाधिवेशन तयारीमा केन्द्रित

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पद पूर्तिका लागि आवेदन खुला गरेको छ । 

अर्थ मन्त्रालयले मंगलबार सूचना प्रकाशित गर्दै सात दिनभित्र आवेदन दिन आव्हान गरेको हो । इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र (वैशाख २१ गतेसम्म) सिंहदरबारस्थित अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिन आग्रह गरिएको छ ।

अध्यक्ष पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव भएको मापदण्ड तोकिएको छ । 

साथै उम्मेदवार हद ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण लगायतका आपराधिक कसुरमा सजाय नपाएको, कालोसूचीमा नपरेको तथा कुनै विदेशी मुलुकको स्थायी बसोबास अनुमति नलिएको जस्ता मापदण्ड अध्यक्षको उम्मेदवारका लागि तोकिएको छ ।

अर्थ मन्त्रालयले प्राप्त आवेदनहरूबाट सिफारिस समितिले संक्षिप्त सूची तयार गर्ने र आवश्यक परेमा थप विवरण माग गर्न सक्ने जनाएको छ । 

सरकारले बोर्ड अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । समितिमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष भुवनकुमार दाहाल सदस्य रहेका छन् ।

तत्कालीन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएपछि रिक्त पदपूर्तिका लागि सरकारले प्रक्रिया अघि बढाएको हो ।

Read More

धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन खुला

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष पद पूर्तिका लागि आवेदन खुला गरेको छ । 

अर्थ मन्त्रालयले मंगलबार सूचना प्रकाशित गर्दै सात दिनभित्र आवेदन दिन आव्हान गरेको हो । इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र (वैशाख २१ गतेसम्म) सिंहदरबारस्थित अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिन आग्रह गरिएको छ ।

अध्यक्ष पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव भएको मापदण्ड तोकिएको छ । 

साथै उम्मेदवार हद ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण लगायतका आपराधिक कसुरमा सजाय नपाएको, कालोसूचीमा नपरेको तथा कुनै विदेशी मुलुकको स्थायी बसोबास अनुमति नलिएको जस्ता मापदण्ड अध्यक्षको उम्मेदवारका लागि तोकिएको छ ।

अर्थ मन्त्रालयले प्राप्त आवेदनहरूबाट सिफारिस समितिले संक्षिप्त सूची तयार गर्ने र आवश्यक परेमा थप विवरण माग गर्न सक्ने जनाएको छ । 

सरकारले बोर्ड अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । समितिमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष भुवनकुमार दाहाल सदस्य रहेका छन् ।

तत्कालीन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएपछि रिक्त पदपूर्तिका लागि सरकारले प्रक्रिया अघि बढाएको हो ।

Read More

आजका विदेशी मुद्राको विनिमयदर

काठमाडौं।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। अघिल्लो दिन स्थिर रहेको अमेरिकी डलरको भाउ घटेको छ भने युरोपियन युरोको मूल्य वृद्धि भएको छ। अन्य प्रमुख अन्तर्राष्ट्रिय मुद्राहरूमा भने मिश्रित उतारचढाव देखिएको केन्द्रीय बैंकले जनाएको छ।

आजका विदेशी मुद्राको विनिमयदर

देश/मुद्राखरिददर (रु.)बिक्रीदर (रु.)
अमेरिका (डलर)150.41151.01
युरोप (युरो)176.64177.35
बेलायत (पाउण्ड)203.95204.76
स्विजरल्याण्ड (फ्रयाङ्क)191.74192.50
अष्ट्रेलिया (डलर)108.10108.53
क्यानडा (डलर)110.49110.93
सिङ्गापुर (डलर)118.14118.61
जापान (१० येन)9.459.49
चीन (युआन)22.0422.13
साउदी अरेबिया (रियाल)40.1040.26
कतार (रियाल)41.2641.42
थाइल्याण्ड (भाट)4.664.67
यूएई (दिराम)40.9541.11
मलेसिया (रिङ्गेट)38.0538.21
दक्षिण कोरिया (१०० वन)10.2310.27
स्वीडेन (क्रोनर)16.3716.43
डेनमार्क (क्रोनर)23.6423.73
हङकङ (डलर)19.1919.27
कुवेत (दिनार)490.89492.85
बहराइन (दिनार)398.60400.19
ओमान (रियाल)390.67392.23

Read More

बक्स अफिस रिपोर्ट: राम नाम सत्य र पहाडले कति कमाए ?

काठमाडौँ । गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । 

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बैशाख १२ गते शनिबारसम्मको बक्स अफिस रिपोर्ट अनुसार राम नाम सत्यले बक्स अफिसमा राम्रो कमाई गरेको छ ।

राम नाम सत्यले अहिलेसम्म ३ करोड ३१ लाख ५८ हजार ८२१ कमाई गरेको छ । राम नाम सत्यको अहिलेसम्म कुल एक लाख १७ हजार ५६४ टिकट विक्री भएको छ ।  राम नाम सत्य चैत्र २७ गतेदेखि प्रदर्शनमा आएको थियो ।

त्यस्तै बैशाख १ गतेदेखि प्रदर्शनमा आएको तुलसी घिमिरेको फिल्म पहाडले ६१ लाख ७७ हजार २६२ कमाई गरेको छ । पहाडको कुल १९ हजार ६३९ टिकट बिक्री भएको छ ।

Read More

संवैधानिक परिषद्ले पायो पूर्णता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदीय दलको नेता चयन गरेसँगै संवैधानिक परिषद्ले पूर्णता पाएको छ ।

काँग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाएपछि अब उनी संबैधानिक व्यवस्था अनुसार संबैधानिक परिषदको सदस्य बनेका छन्  ।

 निर्वाचनपछि परिषदले पूर्णता नपाउदा प्रधानन्यायाधीशलगायतका महत्वपूर्ण संवैधानिक निकायका नियुक्तिहरू अवरुद्ध भएका थिए ।

नेपालको संविधानको धारा २८४ अनुसार संवैधानिक परिषद्को अध्यक्षता प्रधानमन्त्रीले गर्ने व्यवस्था छ । परिषद्का सदस्यहरूमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलको नेता र प्रतिनिधिसभाको उपसभामुख रहने व्यवस्था रहेको छ ।

परिषदमा प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डीपी अर्याल, प्रधानन्यायाधीश राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहाल, उपसभामुख रुवीकुमारी ठाकुर र विपक्षी दलका नेताका रूपमा भीष्मराज आङ्देम्बे रहेका छन  । त्यस्तै  प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने बैठकमा कानुनमन्त्री पनि परिषदको सदस्यको रुपमा बैठकमा सहभागी हुन पाउने कानुनी व्यवस्था रहेको छ । त्यस्तै नेपाल सरकारका मुख्यसचिवले परिषदको सचिवको रुपमा काम गर्ने व्यवस्था रहेको छ ।

Read More

बेलायतका राजा चार्ल्स तृतीय अमेरिका भ्रमणमा

काठमाडौँ । बेलायतका राजा चार्ल्स तृतीय सोमबार अमेरिका पुगेका छन् ।

चार दिनको यस राजकीय भ्रमणको उद्देश्य अमेरिकाको २५०औँ वार्षिकोत्सव र अमेरिका-बेलायतबीचको विशेष सम्बन्धलाई उत्सवका रूपमा मनाउनु हो । तर भ्रमणका बीच ट्रान्स-एटलान्टिक सम्बन्धमा तनाव देखिएको छ र सुरक्षा व्यवस्था पनि निकै कडा बनाइएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी भएको एक रात्रिभोजमा गोली चलेपछि अन्तिम समयमा सुरक्षा समीक्षा गरिएको थियो । बकिङ्घम दरबारले राष्ट्रपति, प्रथम महिला र सबै अतिथि सुरक्षित रहेको खबरले राजा चार्ल्सलाई राहत मिलेको जनाएको छ । समीक्षा पछि भ्रमण तय कार्यक्रमअनुसार नै अघि बढ्ने बताइएको छ ।

इरान युद्धसहित विभिन्न अन्तर्राष्ट्रिय विषयमा बेलायती सरकार र ट्रम्प प्रशासनबीच मतभेद बढ्दै गएको छ । ट्रम्पले प्रधानमन्त्री कीर स्टार्मरलाई इरानमाथिको अमेरिकी सैन्य कारबाहीमा सहभागी हुन अनिच्छुक रहेको भन्दै आलोचना गरेका छन् ।

यसैबीच अमेरिकी रक्षा मन्त्रालयबाट चुहिएको एक इमेलमा दक्षिण एटलान्टिकस्थित फकल्याण्ड टापुमाथि बेलायतको सार्वभौमिकताप्रति अमेरिकाले आफ्नो समर्थन पुनरावलोकन गर्न सक्ने संकेत देखिएको छ । सन् १९८२ मा बेलायत र अर्जेन्टिनाबीच यही टापुका विषयमा युद्ध भएको थियो ।

राजा चार्ल्सले दुई देशबीचको सम्बन्ध सुधार्ने प्रयास गरिरहेका छन् । ट्रम्पले भने राजनीतिक मतभेदले शाही भ्रमणलाई असर नगर्ने बताएका छन् । उनले चार्ल्सलाई आफ्नो मित्र र महान व्यक्ति भन्दै प्रशंसा गरेका छन् ।

ट्रम्पले गत वर्ष प्रथम महिला मेलानियासँग गरेको बेलायत भ्रमणको पनि स्मरण गरेका छन् । त्यस क्रममा शाही परिवारले विन्डसर दरबारमा भव्य भोजसहित विशेष आतिथ्य दिएको थियो ।

ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले राष्ट्रपति ट्रम्पलाई राजा चार्ल्सप्रति गहिरो सम्मान रहेको बताएकी छन् । उनका अनुसार यस साताको राजकीय रात्रिभोजसहितका कार्यक्रमले दुई देशबीचको सम्बन्ध अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।

Read More

पूर्वाधार विकास समितिको बैठक बस्दै

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिको बैठक आज बस्दैछ ।

सिंहदरबारस्थित संघीय संसद सचिवालयको समितिको सभाकक्षमा बैठक बिहान ११ बजेदेखि शुरु हुने समितिले जानकारी दिएको छ ।

आजको बैठकमा  राष्ट्रिय गौरवका आयोजनाहरूको वर्तमान अवस्था, सञ्चालनमा देखिएका समस्या र समाधानका उपाय सम्बन्धमा राष्ट्रिय योजना आयोगबाट प्रस्तुतीकरणको कार्यसूची रहेको छ ।

Read More