२०८३ जेष्ठ २

पतिसँग अलग भइन् बलिवुड अभिनेत्री मौनी रोय

काठमाडौँ । बलिवुड अभिनेत्री मौनी रोय र उनका पति सुरज नाम्बिआरले चार वर्षको वैवाहिक सम्बन्ध अन्त्य गरेका छन् ।

दुवैले संयुक्त वक्तव्य जारी गर्दै वैवाहिक सम्बन्ध अन्त्य गरेको बताएका हुन् । उनीहरूले व्यक्तिगत जीवनबारे फैलाइएका गलत हल्ला र अनावश्यक चर्चाप्रति असन्तुष्टि पनि जनाएका छन् ।

यसअघि सामाजिक सञ्जालमा दुवैले एकअर्कालाई इन्स्टाग्राममा अनफलो गरेपछि सम्बन्धमा समस्या आएको चर्चा सुरु भएको थियो । मौनीको प्रोफाइलबाट सुरजसँगका केही तस्बिर हटाइएको तथा सुरजले आफ्नो इन्स्टाग्राम खाता निष्क्रिय बनाएपछि चर्चा झन् बढेको थियो ।

संयुक्त वक्तव्यमा मौनी र सुरजले सम्मान र समझदारीसहित अलग–अलग बाटो रोज्ने निर्णय गरेको उल्लेख गरेका छन् । साथै भविष्यमा पनि मित्रता कायम राख्ने प्रयास गर्ने बताएका छन् ।

दुवैले सन् २०२२ जनवरीमा गोवामा बंगाली र मलयाली परम्परा अनुसार विवाह गरेका थिए । उनीहरूको विवाहका तस्बिर त्यतिबेला सामाजिक सञ्जालमा निकै चर्चित बनेका थिए । बैंगलुरुका सुरज हाल दुबईमा व्यवसाय गर्छन् भने इन्भेस्टमेन्ट बैंकर हुन् ।   

व्यावसायिक रूपमा मौनी राय अहिले आगामी चलचित्र ‘है जवानी तो इश्क होना है’को प्रदर्शन तयारीमा रहेकी छन् । उक्त चलचित्र आगामी जुनमा प्रदर्शन हुने तय गरिएको छ।

Read More

मन्त्री लम्सालबाट नागढुङ्गा-मुग्लिङ सडकको स्थलगत अनुगमन

काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नागढुङ्गा-मुग्लिङ सडक खण्डको स्थलगत अनुगमन गरेका छन् ।

शुक्रबार मन्त्री लम्सालले नौबिसेस्थित सुरुङमार्गसहित  नागढुङ्गा-मुग्लिङ सडक खण्डको स्थलगत अनुगमन गरेका हुन् ।

मन्त्री लम्सालले अनुगमनका क्रममा हाल निर्माण कार्य अवरुद्ध भएको विषयमा सरोकारवालासँग छलफल समेत गरेका थिए ।

हाल इरान युद्धका कारण इन्धन महँगो भएपछि निर्माण क्षेत्र प्रत्यक्ष प्रभावित बनेको छ ।

Single Image

Single Image

Single Image

Read More

नारायणघाट-बुटवल सडकको भौतिक प्रगति ९१.३४ प्रतिशत

काठमाडौं । नारायणघाट-बुटवल सडक योजनाको पूर्वी खण्डको बैशाखसम्मको भौतिक प्रगति ९१.३४ प्रतिशत रहेको छ । 

सडक योजनाका अनुसार यो खण्डको दाउन्ने क्षेत्रको सम्पूर्ण लम्बाईको यात्रा ढलान सडकमा गर्न सकिने भएको छ । योसँगै नारायणघाटदेखि ६५ किलोमिटर दाउन्ने सम्मको सम्पूर्ण यात्रा अब पक्की सडकमा गर्न सकिने आयोजनाले जनाएको छ ।

नारायणघाट-बुटवल सडकलाई दुई खण्डमा विभाजन गरी ठेक्का गरिएको छ । ११४ किमी सडकमध्ये ७० किमी ६ लेन, २९ किमी ४ लेनसहित दुवैतर्फ ६-६ मिटरको सर्भिस लेन, दाउन्नेमा १४ किमी ३ लेनको सडक हुनेछ । बिचमा ६४ वटा पुल र ४६२ वटा कलभर्टलगायत संरचना निर्माण अब अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ  ।

२०७५ माघ २२ मा सरकार र निर्माण कम्पनी चिनियाँ निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडबीच २०७९ साउन २२ भित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको थियो । ११४ किलोमिटर सडकलाई गैँडाकोट–दाउन्ने (६५ किलोमिटर) र दाउन्ने–बुटवल (४९ किलोमिटर) गरी दुई खण्डमा विभाजन गरी आह्वान गरिएको बोलपत्रमा दुवै खण्ड निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सनले पाएको थियो । २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलबाट दुवै खण्डको शिलान्यास गरेपछि सडक विस्तारको औपचारिक काम सुरु भएको थियो ।

निर्धारित समयमा एकचौथाइ पनि काम नसकेपछि पहिलोपटक २०८० साउन ८, दोस्रोपटक २०८१ साउन ८ सम्मका लागि म्याद थप गरिएको थियो । निर्माण कम्पनीले कोभिड, निर्माण सामग्रीको अभावलगायत विभिन्न समस्या देखाउँदै तीनपटकसम्म ठेक्का सम्झौताको म्याद थप गराएको छ । त्यसपछि २०८२ साउन ८ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी सरकारले तेस्रोपटक म्याद थप गरेको थियो । म्याद थप गरिएको चार महिना काम नै नगरी समय तिाएको निर्माण कम्पनीलाई सरकारले कारबाही गर्ने गरी पत्राचार गरेपछि डिसेम्बर २०२४ बाट पुनः काममा फर्किएको थियो । गत साउनसम्म पनि काम सम्पन्न नभएपछि सरकारले अन्तिम पटक भन्दै आगामी २०८३ साउन ९ गतेसम्मका लागि चौथो पटक म्याद थप गरेको थियो । अब यहि म्याद भित्र काम सकिसक्नुपर्ने छ । 

Read More

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३१ बस्ने काभ्रे भुल्लु नगरपालिका-१ घर भएका ५२ वर्षीय मधुसुदन पराजुली र काठमाडौं महानगरपालिका-२८ बस्ने पर्वत कुश्मा नगरपालिका-२ घर भएका ३२ वर्षीय प्रकाश बास्तोला रहेका छन् ।

पक्राउ मध्ये मधुसुदनले ग्रीस पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २३ लाख रूपैयाँ र प्रकाशले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मधुसुदनलाई काठमाडौं महानगरपालिका-१२ बाट र प्रकाशलाई काठमाडौं महानगरपालिका-२८ बाट पक्राउ गरेको हो ।  

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

Read More

चीन भ्रमण सकेर स्वदेश फर्किए ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सकेर शुक्रबार अमेरिका फर्किएका छन् । विश्वका दुई ठूला अर्थतन्त्रबीच देखिएका विभिन्न मतभेद समाधान गर्ने उद्देश्यसहित भएको वार्तापछि उनी बेइजिङबाट अमेरिका प्रस्थान गरेका हुन्।

स्थानीय समयअनुसार शुक्रबार दिउँसो एयर फोर्स वन बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो । प्रस्थानअघि आयोजित औपचारिक कार्यक्रममा ट्रम्पले विमान चढ्ने क्रममा हात उठाएर अभिवादन गरेका थिए । निलो पोसाकमा रहेका सहभागीहरूले अमेरिकी र चिनियाँ झण्डा हल्लाउँदै स्वागत र बिदाइ गरेका थिए ।

ट्रम्पको तीन दिने चीन भ्रमणका क्रममा राजकीय भोज, ऐतिहासिक स्थलहरूको भ्रमण, द्विपक्षीय चियापान तथा कार्यकारी भोजन कार्यक्रम आयोजना गरिएको थियो ।

ट्रम्प र सी जिनपिङबीच दुई दिनसम्म भएको वार्ताबाट हालसम्म सीमित सहमति मात्र सार्वजनिक भएको छ । यद्यपि अधिकारीहरूले आगामी दिनमा थप सम्झौताहरू हुन सक्ने संकेत दिएका छन् ।

विश्लेषकहरूका अनुसार अमेरिका र चीनबीचको सम्बन्ध लामो समयदेखि उतारचढावपूर्ण रहेकाले अहिले भएका सहमतिहरू भविष्यमा फेरि प्रभावित हुन सक्ने सम्भावना कायम छ । बहुअर्ब डलरका सम्झौता कार्यान्वयन हुन वर्षौं लाग्न सक्ने र त्यस अवधिमा तनाव फेरि बढ्न सक्ने आकलन गरिएको छ ।

शिखर वार्ताअघि नै विश्लेषकहरूले ठूलो उपलब्धिको अपेक्षा कम गरेका थिए । विशेषगरी प्रविधि निर्यात नियन्त्रण र ताइवानको विषयले दुई देशबीचको सम्बन्ध अझै जटिल बनाइरहेको बताइएको छ ।

ट्रम्पले बिहीबार सी जिनपिङले २०० वटा बोइङ विमान खरिद गर्न सहमति जनाएको बताएका थिए । त्यस्तै अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले चीनले अमेरिकी कृषि उत्पादन खरिद गर्न अर्बौँ डलर बराबरको सम्झौता गर्ने अपेक्षा रहेको जानकारी दिएका छन् ।

विश्लेषकहरूले यी सम्झौताहरूलाई तुलनात्मक रूपमा सहज रूपमा कार्यान्वयन गर्न सकिने उपलब्धिका रूपमा व्याख्या गरेका छन् । तर अमेरिका–चीन सम्बन्धमा बेला–बेला देखिने तनावले यस्ता सहमतिहरूलाई पनि प्रभावित पार्न सक्ने चेतावनी दिइएको छ ।

Read More

सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन सरकारको निर्देशन

काठमाडौँ । सरकारले सार्वजनिक खर्च नियन्त्रण तथा मितव्ययिता कायम गर्न अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगर्न सबै सरकारी निकायलाई निर्देशन दिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार सबै मन्त्रालय, आयोग, सचिवालय, सरकारी कार्यालय, निकाय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयहरू तथा सातै प्रदेशका सम्बन्धित निकायलाई परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो।

परिपत्रमा अत्यावश्यक अवस्थाबाहेक कुनै पनि नयाँ सामग्री खरिद नगर्न तथा मौजुदा औजार, उपकरण, फर्निचर र सवारीसाधनलाई सञ्चालनयोग्य अवस्थामा राखेर सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन आग्रह गरिएको छ।

Read More

हर्मुज संकटको असर: भारतमा पेट्रोल–डिजेल मूल्यवृद्धि, ऊर्जा आपूर्ति र अर्थतन्त्रमा दबाब

काठमाडौं । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका कारण भारतमा पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । भारतीय सरकारी तेल कम्पनीहरूले शुक्रबार पेट्रोल र डिजेलको मूल्यमा तीन प्रतिशतभन्दा बढी वृद्धि गरेका हुन्, जसले सर्वसाधारणदेखि उद्योग क्षेत्रसम्म थप आर्थिक दबाब सिर्जना गरेको छ ।

फेब्रुअरीमा युद्ध सुरु भएपछि भारतमा अटोमोबाइल इन्धनको मूल्य बढाइएको यो पहिलो पटक हो । युद्धपश्चात् इरानले विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त संवेदनशील मानिने स्ट्रेट अफ हर्मुज क्षेत्रमा लगभग पूर्ण नाकाबन्दी गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको आपूर्ति प्रभावित भएको छ ।

विश्वको तेस्रो ठूलो तेल आयातकर्ता भारतले आफ्नो कच्चा तेलको करिब आधा हिस्सा यही जलमार्ग हुँदै आयात गर्ने भएकाले हर्मुज क्षेत्रमा बढेको अस्थिरताले भारतीय ऊर्जा बजारमा प्रत्यक्ष प्रभाव पारेको विश्लेषण गरिएको छ ।

इन्डियन आयल कर्पोरेसनका अनुसार राजधानी दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर ९४ रुपैयाँ ७७ पैसा (भारतीय रुपैयाँ) बाट बढेर ९७ रुपैयाँ ७७ पैसा पुगेको छ । त्यसैगरी डिजेलको मूल्य ८७ रुपैयाँ ६७ पैसाबाट बढेर ९० रुपैयाँ ६७ पैसा पुगेको छ । अन्तर्राष्ट्रिय बजार, ढुवानी लागत तथा स्थानीय करका आधारमा विभिन्न क्षेत्रमा मूल्य फरक–फरक रहने जनाइएको छ ।

सरकारी तेल कम्पनीहरूले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर उकालो लागेकाले इन्धन बिक्रीमा घाटा व्यहोर्नुपरेको बताएका छन् । यसअघि सरकारले लाखौँ घरपरिवारले प्रयोग गर्ने खाना पकाउने इन्धन तरलीकृत पेट्रोलियम ग्यास (एलपिजी) को मूल्यसमेत बढाइसकेको थियो ।

इन्धन मूल्यवृद्धिसँगै भारत सरकारले ऊर्जा खपत घटाउने र विदेशी मुद्रा जोगाउने उद्देश्यले मितव्ययिता कार्यक्रमलाई थप कडा बनाएको छ । अधिकारीहरूले सरकारी तथा निजी क्षेत्रलाई इन्धनको अनावश्यक प्रयोग कम गर्न आग्रह गरिरहेका छन् ।

दिल्लीका मुख्यमन्त्रीले बिहीबार सरकारी कार्यालयका कर्मचारीलाई सम्भव भएसम्म हप्तामा दुई दिन घरबाटै काम गर्न निर्देशन दिएका छन् । साथै निजी सवारी साधनको प्रयोग घटाई सार्वजनिक यातायात प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि इन्धन आयातमा खर्च हुने ठूलो परिमाणको विदेशी मुद्रा बचत गर्न ऊर्जा खपत नियन्त्रण आवश्यक रहेको बताएका छन् । भारतको बढ्दो ऊर्जा आयात खर्चले व्यापार घाटा र मुद्रास्फीतिमा थप असर पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

यसैबीच, भारतले मध्यपूर्वबाट घटेको आपूर्तिको प्रभाव कम गर्न रूसी कच्चा तेलको आयात बढाएको देखिएको छ । जहाज ट्र्याकिङ तथा आयातसम्बन्धी तथ्याङ्कले अस्थायी अमेरिकी छुटपछि रूसबाट तेल आयात उल्लेख्य रूपमा वृद्धि भएको संकेत गरेका छन् ।

तर उक्त छुट शनिबारदेखि समाप्त हुन लागेका बेला भारतीय विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करले ‘एकपक्षीय दबाबमूलक उपायहरू’ को आलोचना गरेका छन् । उनले कुनै देशको नाम नलिए पनि यस्ता प्रतिबन्धात्मक नीतिले विकासशील राष्ट्रहरूलाई असमान रूपमा असर गर्ने बताएका छन् ।

जयशङ्करले बिहीबार इरानका विदेशमन्त्री अब्बास अराघची, रूसका विदेशमन्त्री सेर्गेई लाभरोभलगायत ब्रिक्स राष्ट्रका विदेशमन्त्रीहरूसँगको भेटमा संवाद र कूटनीतिमार्फत समाधान खोज्नुपर्ने धारणा राखेका थिए ।

उनले ‘अनुचित प्रतिबन्ध र दबाबले संवादको स्थान लिन नसक्ने’ उल्लेख गर्दै विश्वव्यापी ऊर्जा तथा आर्थिक संकट समाधानका लागि अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको बताएका छन् ।

Read More

जबरजस्ती करणी गरेको अभियोगमा बाँकेबाट पक्राउ

काठमाडौं । १४ वर्षीया बालिकालई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिका-१ कौशिलानगर बस्ने २५ वर्षीय धिरज लामिछाने मगरलाई प्रहरीले पक्राउ गरेको छ । 

धिरजले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Read More

महालेखा परीक्षकको ६३औँ प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत

काठमाडौँ । महालेखा परीक्षक तोयम रायाले महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेका छन् ।

आज शीतल निवासमा आयोजित कार्यक्रममा महालेखा परीक्षक रायाले राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदनमा सार्वजनिक निकायहरूको आय–व्ययको अवस्था, लेखापरीक्षणबाट देखिएका निष्कर्ष तथा वित्तीय अनुशासनसम्बन्धी विभिन्न विवरण समेटिएका छन् ।

Read More

हर्क साम्पाङलाई ज्ञानेन्द्र शाहीको जवाफ- प्रधानमन्त्रीज्यूको राजीनामा माग्नुपर्ने कुनै कारण छैन !

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा मागेको विषयको जवाफ दिदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले जवाफ दिएका छन् । 

सांसद साम्पाङले चार कारण देखाउदै प्रधानमन्त्रीको राजीनामा माग गरेपछि शाहीले जवाफ दिदै प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने कारण नभएको बताएका हुन् । 

शाहीले प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायित्व हुन भनेको भन्दै राजीनामा भने दिन नहुने बताएका छन् । उनले भनेका छन्- ‘माननीय हर्क साम्पाङज्यूलाई मेरो विनम्र अपिल छ। प्रधानमन्त्रीज्यूको राजीनामा माग्नुपर्ने कुनै कारण छैन । याद गर्नुस्, तिनै शक्तिहरूले ३५ वर्षसम्म यो देश लुटे, भ्रष्टाचार गरे । तिनैका विरुद्धको लडाइँमा अहिलेका जनताले मतदान गरेका हुन् । त्यसैले हामीले जनताको मत र जनादेशको सम्मान गर्नुपर्छ । हामी सबै मिलेर देशलाई अगाडि बढाउनुपर्छ । हाम्रो माग यति मात्रै हो कि प्रधानमन्त्री प्रजातान्त्रिक भइदिनुहोस्, संसदप्रति उत्तरदायी भइदिनुहोस् । किनकि संसद जनताको आवाज बोल्ने थलो हो, जनताका कुरा सरकारलाई सुनाउने सर्वोच्च प्रजातान्त्रिक मञ्च पनि संसद नै हो ।’

साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले संसदलाई अपमान गरेको, संसद मार्फत सारा नेपाली जनताको लोकतन्त्र प्रतिको विश्वासलाई लत्याएको प्रमाणित भएको भन्दै संसदमा मर्यादा र थिति बासाउन नसक्ने प्रधानमन्त्री असक्षम र असफल भएको देखिएको उल्लेख गर्दै राजीनामा माग गरेका थिए । 

Read More