काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार साँझ बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै हालै सम्पन्न निर्वाचनले जनताको स्पष्ट इच्छा उजागर गरेको बताएकी छन्।
उनले नागरिकले परिवर्तनको पक्षमा मत दिएको उल्लेख गर्दै अहिलेको निर्वाचन प्रणालीले कुनै दललाई बहुमत दिन सक्दैन भन्ने पुरानो धारणा गलत सावित भएको धारणा राखिन्।
सम्बोधनका क्रममा उनले अब बन्ने नयाँ सरकारप्रति अपेक्षा पनि व्यक्त गरिन्। विशेषगरी युवाको नेतृत्वमा आउने सरकारबाट जेन–जी आन्दोलनले उठाएका मागहरू सम्बोधन हुने विश्वास व्यक्त गर्दै सुशासन, रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, आर्थिक प्रगति र सामाजिक न्यायका क्षेत्रमा परिणाममुखी काम हुने आशा व्यक्त गरिन्।




